काठमाडौं । एम एम फाउण्डेसन अर्थात मनमोहन मेमोरियल फाउण्डेसन । नेपाली खेलकुदमा विशेष गरी क्रिकेटमा यो नाम चर्चित छ । प्रदेश नम्बर –१ को ईनरुवामा आयोजना हुने मनमोहन मेमोरियल राष्ट्रिय एकदिवसीय प्रतियोगिता (एमएम कप) को आयोजक यो संस्थाले खेलकुद मात्रै नभएर सामाजिक क्षेत्रमा पनि काम गर्दै आएको छ ।

कोरोना भाइरसका कारण विश्व नै अक्रान्त बनेको बेला यो संस्थाले आफ्नो क्षेत्रमा पीडितलाई सहयोग गर्दै आइरहेको छ । यो कार्यमा एमएम फाउण्डेसन प्रदेश नम्बर एकका अध्यक्ष बिप्लव घोषको भूमिका विशेष मानिन्छ। सहयोगी स्वभावका उनै अध्यक्षको सक्रियतामा फाउण्डेसनले विभिन्न समयमा कोरोनाका कारण समस्यामा परेका पीडित वर्गलाई सहयोग गर्दै आइरहेको छ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

अध्यक्ष घोषकै सक्रियतामा हालै संस्थाले विराटनगरको वरगाछीका युवाहरुलाई सहयोग गरेको छ । कोरोनाबाट मृत्यु भएका शवलाई निःशुल्क दाहासंस्कार गर्ने यी युवाको कामप्रति प्रभावित भएर उनीहरुलाई आवश्यक स्वास्थ्य सामाग्री र खाद्यान्न वितरण गरिएको अध्यक्ष घोष बताउँछन्।

निःशुल्क दाहासंस्कार गर्ने ती युवाले त्यसवापत कसैसँग कुनैपनि आर्थिक सहयोग नलिने गरेकाले संस्थाको सहयोगमा ती युवालाई आवश्यक पर्ने स्वास्थ्य सामाग्री तथा खाद्यान सहयोग गरेको उनको भनाइ छ। सहयोग कार्यक्रममा संस्थाका अध्यक्ष घोषसँगै पूर्वाञ्चल खेलकुद विकास समितिका पूर्व अध्यक्षको सहभागिता रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर