२१ आषाढ २०७८, सोमवार

श्रीलंकाले तेस्रो  एकदिवसीय खेलको शृंखलामा २-० को पराजय भोगेको छ। वर्षाका कारण अन्तिम एकदिवसीय खेल रद्द भएपछि इङ्ल्यान्ड २-० ले विजयी भएको हो।

इङ्ल्यान्डको ‘ब्रिस्टोल’मा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको श्रीलंकाले खराब प्रदर्शन गर्यो।

निर्धारित ५० ओभर पनि ब्याटिङ गर्न नसकेको श्रीलंकाको टोलीले ४१.१ ओभरमा सबै विकेट गुमाउँदै मात्र १६६ रनको योगफल तयार गरेको थियो।

श्रीलंकामा धसुन सनाकाले अविजित ४८ रन बनाउँदा अन्य ब्याट्सम्यान सस्तोमै समेटिए।

इङ्ल्यान्डका लागि टम करनले सर्वाधिक ४ विकेट लिए भने डेभिड विले र क्रिस वोक्सले समान २-२ विकेट लिए।

वर्षाका कारण इङ्ल्यान्डको ब्याटिङ अघि नै खेल रद्द गरियो।

बर्षाकै कारण सम्भवत श्रीलंकाले सिरिजमा ‘क्लिन स्वीप’ टार्न सफल भयो।

इङ्ल्यान्डका डेभिड विले ‘म्यान अफ दि सिरिज’ घोषित भए।

प्रतिक्रिया

सम्बन्धित खवर