९ बैशाख २०७८, बिहिवार

नेपालले दिएको २१८ रनको लक्ष्य पछ्याएको मलेसियाले दोस्रो विकेट गुमाएको छ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

नेपालका लागि सोमपाल कामीले नै दोस्रो विकेट लिएका हुन्।

उनले तेस्रो ओभरको तेस्रो बलमा मलेसियाका ओपनर अनवार अरूदिनलाई आउट गरे। ओपनर अनवारले ७ बल खेलेर १ चौकासहित ६ रन बनाए।

यसअघि नेपालका लागि पहिलो ओभरमै सोमपाल कामीले विकेट लिएका थिए।

कामीले पहिलो ओभरको चौथो बलमा मलेसियन ओपनर सायद अजिजलाई एलबीडब्लुको धरापमा पारेका थिए।

अजिजले ४ बल खेलेर १ चौकासहित ४ रन बनाएका थिए।

यसअघि  करन केसीले सानदार ब्याटिङको मद्दतमा नेपालले त्रिकोणात्मक टी-ट्वान्टी आई क्रिकेट सिरिज अन्तर्गत राउन्ड रोविनको अन्तिम खेलमा मलेसियालाई २ सय १८ रनको लक्ष्य दिएको छ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ७ विकेटको क्षतिमा २ सय १७ रन बनाएको छ ।

नेपालले टि ट्वान्टीमा बनाएको यो दोस्रो सर्वाधिक रन हो ।

१३ औं सागमा नेपालले भुटानविरुद्ध २ सय ३६ रन बनाएको थियो ।

सातौं नम्बर ब्याटिङ गरेका करनले मात्र १३ बलमा ७ छक्को मद्दतमा ४५ रन बनाएपछि नेपालले दोस्रो खेलमा २ सय रनको आँकडा पार गरेको थियो।

डेब्यूसहित अघिल्ला ३ खेलमा लगातार अर्धशतक बनाएका कुशल भुर्तेल १६ रनमा आउट भएपछि कप्तान ज्ञानेन्द्र मल्लले अर्का ओपनर आसिफ शेखसँग दोस्रो विकेटका लागि ७३ रनको साझेदारी गरेका थिए ।

तर १२ औं ओभरमा दुवै खेलाडी आउट भएका थिए ।

अनवर रहमानेले पहिलो बलमा ज्ञानेन्द्रलाई मोहम्मद वाफिकबाट क्याच आउट गराए भने पाँचौं बलमा आसिफलाई एलबिडब्यू आउट गराए ।

२५ बल खेलेका ज्ञानेन्द्रले ४ छक्का र १ चौका साथ ४१ रन बनाए । ३२ बल खेल्दै आसिफले ३ छक्का र त्यत्तिनै चौकामा ४२ रन जोडे ।

कुशलले १२ बलमा २ छक्का साथ १६ रन बनाएका थिए ।

उनी वाफिकको बलमा सैयद अजिजबाट क्याच भएका थिए ।

दीपेन्द्र सिंह ऐरीले ३३ रन बनाएका थिए । विनोद भण्डारी भने ८ रन मा आउट भए । कुशलले १९ रन जोडे ।

प्रतिक्रिया

सम्बन्धित खवर