८ माघ २०७७, बिहिवार

घोराही सिमेन्ट इन्डस्ट्रीको उत्पादन सगरमाथा सिमेन्टले धनगढी क्रिकेट एकेडेमीको स्तरोन्नति र ग्रासरुट क्रिकेट विकासमा सहकार्य गर्ने भएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

सगरमाथा र एकेडेमीबीच तीनवर्षे प्रायोजन सम्झौता भएको छ ।

घोराही सिमेन्ट इन्डस्ट्रीका तर्फबाट मार्केटिङ प्रमुख प्रतीक अधिकारी र एकेडेमीका अध्यक्ष सुवास शाहीबीच बुधबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता अनुसार तीनवर्षका लागि धनगढी क्रिकेट एकेडेमीलाई आवश्यक पर्ने खेल सामग्री, आयोजना गर्ने प्रतियोगिता, ग्रासरुट कार्यक्रमलगायत सम्पूर्ण कार्यलाई सगरमाथा सिमेन्टले सहयोग गर्नेछ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर