पाउने,
प्रमुख प्रशासकीय अधिकृत ज्यु
कालीगण्डकी गाउँपालिकाको कार्यालय बिर्घा,स्याङ्जा।

आराम छु आराम चाहन्छु! तपाइँले कालीगण्डकी गाउँपालिकाको कार्यालयमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा जिम्मेवारी बहन गरे पश्चात्

भेटघाट,भलाकुसारी हुने मौका नजुरे तापनि तपाइँको कार्य कुशलता र प्रशासकीय क्षमतालाइ प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा अनुभव गर्न पाएका छौं।

कालीगण्डकीमा तपाईं प्रशासकीय अधिकृतको रुपमा बहाल हुनुअघि या पछि जनप्रतिनिधि र कर्मचारीतन्त्र बिच बेलाबखत हुने बेमेलका गाँइगुइ हल्ला सुनिएपनि अन्यत्र जस्तो छताछुल्ल नहुनू हामी गाउँपालिकाबासीको लागि सुखद मान्नुपर्छ।

गाउँपालिकाको कार्यालयबाट हुने हरेक गतिविधिमा चासो राख्ने गरेका हामि कालीगण्डकीबासी पछिल्लो समय कालीगण्डकी गाउँपालिकाबाट कर्मचारी पदपूर्तिका लागि गरिएको दरखास्त आह्वान देखि पदपूर्तिसम्मको प्रक्रियालाइ पनि नजिकबाट नियालिरहेका छौं।

“गाउँपालिकाबाट माग गरिएको पदका लागि इच्छुकहरुको आवेदन पर्छ,आवेदकहरुको सर्ट लिस्टेड हुन्छ र सर्ट लिस्टेड भएका आवेदकहरुलाइ लिखित,मौखिक परिक्षा त परको कुरा औपचारिक जानकारीसम्म पनि नगराइ “हाम्रा”लाइ नियुक्ति दिइन्छ। स्वयं आवेदकहरुबाट यस किसिमको गुनासो बाहिर आउनु पक्कै सुखद होइन।”

गाउँपालिकाबाट यदि यस किसिमको अभ्यास भएको हो र छ भने यो कानुनसम्मत,विधिसम्मत त छैन नै यस शैलीले गलत नजिर बसाल्ने निश्चित छ। अन्त्यमा, कानुन,बिधि,पद्धति,प्रक्रिया विपरीत,बाटो छलेर अगाडी बढाइएका फाइलहरुमा तपाइँजस्तो एक सच्चा,सचेत राष्ट्र सेवकले कदापि तोक लगाउनु भएको छैन र भविस्यमा पनि लगाउनु हुनेछैन भन्नेमा पुर्ण विश्वस्त छु।

उहि,

तपाइको शुभचिन्तक
जि .के. पाण्डेय,
कालीगण्डकी ३ बिर्घा स्याङ्जा।

प्रतिक्रिया

सम्बन्धित खवर