म प्रचण्डको आलोचक हुँ, आलोचना गर्छु। चाकडीले नेतृत्वको रक्षा हुँदैन: जनार्दन शर्मा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माओवादीकै नेतासमेत रहेका अर्थमन्त्री जनार्दन शर्माबीच सार्वजनिक कार्यक्रममै नोकझोक भएको छ।

https://amzn.to/4myfPN5

अखिल क्रान्तिकारीले चुनाव केन्द्रित भएर आयोजना गरेको ‘क्रान्तिकारी फोर्स घोषणा कार्यक्रम’मा प्रचण्ड र शर्मा एक अर्काप्रति आक्रमक रूपमा प्रस्तुत भए।

प्रचण्डभन्दा अघि बोलेका शर्माले आफू संगठन विभाग प्रमुखको हैसियतले उपस्थित भएको बताएका थिए।

उनले उपमहासचिव पद अस्वीकार गरेको त बताएनन् तर आफूलाई उपमहासचिव बनाएकोप्रति असन्तुष्टि भने पोखेका छन्।

उनले अध्यक्ष प्रचण्डप्रति असन्तुष्टि पनि मञ्चमै पोखेका थिए। प्रचण्डको सबैभन्दा ठूलो रक्षक र सबैभन्दा ठूलो आलोचक आफू नै रहेको जनार्दनले बताए।

‘म नीति र नेतृत्वको रक्षा गर्ने मान्छे हुँ। सही नीति र नेतृत्को रक्षा गर्ने अहिले पनि मेरो दायित्व हो। तर नीति र नेतृत्व सही ढंगले अगाडि बढ्नुपर्छ भन्ने पनि मेरो माग हो,’ उनले भने, ‘अहिले अध्यक्ष यही हुनुहन्छ। अध्यक्षको सबैभन्दा बढी कडा आलोचक र सबैभन्दा बढी संरक्षक रक्षा गर्नेपनि मै हो। यो आज तपाईंहरुको अगाडि म भन्न चाहान्छु। अध्यक्ष कमरेडले अहिले यहीँबाट जवाफ दिनुहोला।’

शर्मा यतिमै रोकिएनन्। उनले पार्टीको नीति र नेतृत्वको रक्षा गर्न सकिएन भने आन्दोलन पनि अघि बढ्न नसक्ने बताए।

नीति र नेतृत्वको रक्षा गर्ने भनेको आलोचना नगर्ने भन्ने नरहेकोसमेत स्पष्ट पारे।

‘म त कमरेड प्रचण्डको आलोचक हुँ, आलोचना गर्छु। तपाईंहरुले पनि पञ्चा सिंहले गल्ती गरेमा आलोचना गर्नुहोला। चाकडीले नेतृत्वको रक्षा हुँदैन,’ उनले भने।

शर्माको आक्रोश सुनेका प्रचण्डले पनि उस्तै जवाफ फर्काए। उनले जनार्दनको रक्षा र विकास गर्न आफूले भूमिका खेलेकोसमेत बताए।

‘जनार्दनजीले जाँदाजाँदै भन्नुभयो- नीति र नेतृत्वको रक्षाको कुरा। म तपाईंहरुलाई के भन्न चाहन्छु भने जनार्दनलाई रक्षा गर्न र हुर्काउन पनि प्रचण्डको मुख्य भूमिका हो,’ उनले भने, ‘उनको रक्षा गर्ने र विकास गर्ने कुरामा पनि मेरो भूमिका छ। म जनयुद्धदेखि अहिलेसम्म नेतृत्वमा छु। मेरो लागि धेरै चिज भएकै छ। अब म लाखौं उत्तराधिकारी तयार पार्न चाहान्छु।’

उनले माओवादीको क्रान्तिकारी विरासत जोगाउने हजारौं,लाखौं उत्तराधिकारी तयार हुन भनेर आफूले चाहेको पनि बताएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर