३१ भाद्र २०७८, बिहिवार

बिआरआई परियोजना चीनको महत्वोपुर्ण योजना अन्तरगत हाल चल्दै गरेको विशेषगरी रोड, रेल र जहाजको योजना हो। एस्को सुरुबात चीनका रास्ट्रपतिले काजकिस्थानको एक बिश्वबिद्धालयबाट घोषणा गरेका थिये। आज त्यो काम विभिन्न देशमा भैरहेको छ। यो पहिला सिल्क रोडले चिनिन्थियो। आज भोलि हल्ला चल्दै छ एदि नेपालले एमसिसिखारेज गरेर विआरआई लाई समर्थन गरेमा एक खर्ब सहयोगको रूपमा दिने रे!

ग्लोबल आई एम ई, र बैंक अफ काठमाडौ मिल्दा मात्र करिब पौने पाँच खर्बको पुजी हुन्छ भन्छन । यो बि आर आई योजनामा पनि चिनका बैंकहरुबाट रकम निकासी हुन्छ। त्यहाँका बैंकहरुले एस्ता महत्वोपुर्ण योजनामा लगानी गर्दछ्न। यहाँ एति धेरै बैंक बित्तिय सस्थाहरु के केमा लगानी गर्दै छ्न त? तिनीहरुको लगानीले कति प्रतिसत जनता लाभान्वित भै आर्थिक रूपमा सक्छम भये त?

हाम्रो देशमा ! बैंक जनताकानुनी रुपलेनै ठगी गर्ने , आफैंमात्र धनी बन्ने महाजन प्रवृत्ति छ। जब सम्म उत्पादन मुखी कार्यक्रममा देशका युवा र

प्राकृति सम्साधनमा लगानी हुन्न MCC ले निकालेको बिजुली या अरुकुनै योजना होस! कुनै अर्थ छैन। एउटाले बिजुली निकाल्छ अर्कोले

परिबहनको कार्य गर्द छ, नेपालमा रोडको बिकास स्तर उन्नति राम्रै गरि भैरहेको छ तर 250 प्रतिसत बडी मुल्य हालेर गाडि कुदाउनु पर्ने ,

55% बडि पेट्रोलियम पदार्थमा जनता पिल्सिएका छन एस्ले केबल पहुँच वालाको मात्र उन्नति प्रगति हुन्छ , 200 प्रतिसत जनता किस्ता जीवन

जिउन बाद्य हुने छ्न। चाहे रोड होस या बिजुली जब सम्म उत्पादन मुखी कार्यक्रम व्यापक रुपमा गरिन्न तब सम्म नेपाललाई फाइदा होला

नेपालीलाई हुन्न!! रोडको कनेक्टिभिटी होला , तर के सामान आयात गर्नका लागि मात्र हो ?? भने आयात र निर्यातको खाडल पुरिनसक्नु हुने छ

त्यो बेला BRI योजना नेपालका लागि घातक हुने छ। एदि बिजुली नेपालमै खपत हुने गरि विभिन्न खाले कल कार्खाना , बिजुली बाट चल्ने चुल्हो

देखि गुड्ने साधनहरुको उत्पादन गर्न सके र निर्यात ब्यापारका लागि सरकारले विभिन्न देश सङ्ग छल्फल गरि व्यावसायिक बाताबरण तयार

गर्न सके नेपालमा कुनै पनि योजना आये गये फरक पर्दैन । तर नेपालीको मानसिकता सुन्ने भन्दा पनि केबल सुनाउने , देखाउने , कराउने मात्रै

कुरा कथुर्ने चलन ज्यादा छ। नेपालको मौसममा फल्ने फल फुल , अनेकौं जडिबुटी , लत्ताकपडा , धागो , रेसम , पर्यटन , देखि विभिन्न जैविक

एवं खानी र पानी ,व्यावसायिक काठ देखि याबत सामानको उत्पादनमा मानिसलाई अग्रसर बनाउन सकिन्छ । तर यी कुनै पनि कुराको चर्चा

नगरी केबल अर्काको योजना खराब र असल भन्ने हाम्रो मानसिकताले यो मुलुक कहिले पनि सान्त हुन सक्दैन । जन जन देखि अब कुन

योजनामा हामी सहभागी हुने , बिदेशमा भयेकाले नेपालमा फलेको उत्पादन भयेको सामान कसरी आफू भएको देशमा ल्यायेर बेच्ने या बजारको ब्यबस्थापन गर्ने भन्ने छलफल मात्रै गर्ने हो भने कुरौटे मानसिकता त्यागेर  देशमा भएका र बिदेशमा भएका नेपालीले नै यो मुलुक बनाउन सक्ने छ्न ! कोहि मुलुक पनि अर्काको लागि मरिहत्ते गर्ने हुन्न ! हाम्रो समाजको बिकास हामिलेनै गर्नु पर्दछ , मानसिकतामा परिवर्तन गरौं । अब के गर्ने के नगर्ने सबै स्तर बाट बहस गरौं ।

प्रतिक्रिया

सम्बन्धित खवर