-निर्मल भट्टराई

१ फागुन २०७७, शनिवार

अरु माओवादी समूहलेझैं प्रचण्ड-माधव समुहले आफ्ना सबै कार्यकर्तालाई छब्बीसौँ ’जनयुद्ध दिवश’ मनाउन उर्दी जारी गरेको छ ।

विगतका बर्षहरुमा पार्टी एकै हुँदा पनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष के पी शर्मा ओलीलगायतका शीर्ष नेतालाई ’जनयुद्ध दिवश’मा मुठ्ठी उठाउन लगाउने प्रयास प्रचण्डको प्रयास विफल हुदै आएको थियो ।

नेपाल कम्युनिष्ट पार्टीका एक प्रमुख असन्तुष्ट नेता माधव नेपालको प्रत्यक्ष सहभागितामा निर्मित नेकपाको अन्तरिम विधानमा उल्लेख गरिएको छ, “जनताको बहुदलीय जनवाद अबलम्बन गर्दै आएको नेकपा(एमाले) र माओवाद एवं एक्काईशौं शताब्दीको जनवाद अवलम्बन गर्दै आएको नेकपा(माओवादी केन्द्र) बीचको एकताबाट निर्मित यो पार्टी संविधानको सर्बोच्चता, विधिको शासन, मानवअधिकार एवम् मौलिक हकको प्रत्याभूति, शक्ति पृथकीकरणको सिद्धान्त, बहुलतायुक्त खुल्ला समाज, बहुदलीय प्रतिस्पर्धा, आवधिक निर्वाचन, जननिर्वाचित प्रतिनिधिहरुद्वारा सरकार सञ्चालन, प्रतिपक्षको संवैधानिक व्यवस्था, स्वतन्त्र न्यायपालिकालगायत आधुनिक लोकतन्त्रका विश्वव्यापी मूल्य—मान्यतामा प्रतिबद्ध छ ।”

२०२८ मा शुरु गरिएको झापा सशस्त्र विद्रोहबाट उदाएको तत्कालीन नेकपा (एमाले) र २०५१ मा शुरु जनयुद्धबाट उदाएको तत्कालीन माओवादीको एकता पछिको औपचारिक घोषणा थियोत्यो ।

यसबाट नेकपा माओवादी ह्याङ्ओभरबाट मुक्त भएर मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवादको विशेषता मानेर अघि बढ्ने सहमतिको विन्दुमा आईपुगेको बुझ्न सकिन्थ्यो ।

यसको साथै युद्धको विभीषिकाबाट लामो फड्को मारेको नेकपाको अन्तरिम विधान र प्रतिवेदनले जनयुद्ध एक ऐतिहासिक घटनाको रुपमा स्वीकार गरेको थियो ।

त्यसो त अरु विषयमा आनका तान फरक भए पनि जनयुद्धको सवालमा प्रचण्ड, किरण, बाबुराम र विप्लवको लगभग समान धारणा र अपनत्व प्रकट गर्दछन् ।

तर फागुन १ गतेले नेकपाको एकतालाई शुरुदेखि नै उभड्दियो । एकतामा आएका दुई पक्षविच शुरुदेखि नै दरार र अविश्वास उत्पन्न गराईदियो । तत्कालीन माओवादीले आफ्नो पात्रोमा सबैभन्दा बढी हाइलाइट गरेको ‘जनयुद्ध’ दिवशलाई तत्कालीन माओवादीले धुमधामसंग मनाउदै आएको थियो ।

तत्कालीन माओवादी शान्ति प्रक्रियामा आईसकेपछि, चुनाब जितेर सत्तामा पुगेपछि पनि “महान जनयुद्ध —जिन्दावाद !” “जनयुद्ध जारी छ” जस्ता नारा सो दिवशमा घन्काइन्थ्यो ।

यो क्रम एमाले—माओवादी एकता हुनु ठीक अघिसम्म चल्यो । अहिले पनि कतिपय व्यक्तिले आफ्ना फेसबुकका भित्तामा “महान जनयुद्ध —जिन्दावाद !” रङ्गाईरहेछन् ।

त्यसो त अरु विषयमा आनका तान फरक भए पनि जनयुद्धको सवालमा प्रचण्ड, किरण, बाबुराम र विप्लवको लगभग समान धारणा र अपनत्व प्रकट गर्दछन् ।

नेपाली भाषाको अलिकति ज्ञान हुनेलाई थाहा हुन्छ—“जिन्दावाद”शब्द फारसी भाषाको ‘जिन्द’ शब्द र अरबी भाषाको ‘आवाद’ शब्द मिलेर बनेको हो । जसको अर्थ हुन्छ—बाँचिरहोस् वा बाँचिरहुन्, अमर रहोस् वा अमर रहुन्, पृथ्विीलाई धेरै दिनसम्म सुशोभित पारोस् वा पारुन् ।

जनयुद्धको स्मरणलाई चीरस्थायी बनाउन सकिएला, तर युद्ध बाँचिरहोस् भनेर अहिले कोही नेकपाका नेताले नारा घन्काउनु भनेकोचाहिँ जन्ती जाँदा एकोहोरो शङ्ख बजाउनु जस्तै हो ।

जनयुद्ध,घटना एक, नेता कार्यकर्ताको बुझाई फरक फरक । कसैलाई यो सयका सय ठीक लाग्छ, कसैलाई पचास प्रतिसत ठीक र पचास बेठीक लाग्छ र कसैलाई सयका सय बेठीक लाग्छ ।

प्रतिक्रियावादी, जासुस, दलाल,सत्ताका भरौटे भन्दै निर्दोष जनताको ज्यान लिनेलाई जनयुद्ध सयका सय ठीक लाग्छ, माओवादी जनयुद्धलाई राजनीतिक रुपमा वा द्वन्दवादी रुपमा हेर्ने विश्लेषकलाई यो पचास-पचास ठीक वेठीक लाग्छ र विना कुनै अपराध विना कुनै राजनीतिक संलग्नतायुद्धको कारण आफ्नो सदस्य गुमाउने परिवारलाई यो सयका सय वेठीक लाग्दछ ।

अनि कसैलाई यो दिवश विगतमाझैं हर्षोल्लासका साथ मनाउन पाएहुन्थ्यो भन्ने लागेको छ किनभने त्यसैमा आफ्नो जीवन छ । र, कसैलाई यो देख्दै, सुन्दै ऐंठन हुन्छ किनभने त्यहाँ उसको जीवन थिएन, छैन र हुनेछैन ।

जनयुद्ध निरपेक्ष हिंसा थियो कि निरपेक्ष क्रान्ति ? यो प्रश्नको उत्तर सहज छैन । यो प्रश्नको उत्तर न्यायाधीशको किस्सा जस्तो सधैं बनाउन सकिदैन, हुदैन । न्यायाधीशको किस्सा यस्तो छः एउटा मुद्धामा बहस चल्दै थियो ।

एक दिन न्यायाधीशको घरमा सोही मुद्धाका वादी वकिल आए र आफ्नो दलील पेश गरे । अन्त्यमा न्यायाधीशले भनेः“तिम्रो कुरा ठीक !” एकछिन पछि प्रतिवादी वकिल आएर आफ्नो दलील पेश गरे ।

न्यायाधीशले अन्त्यमा भनेः“तिम्रो कुरा ठीक !”वकिल गईसकेपछि खाना खादै गर्दा न्यायाधीशकी श्रीमतिले कुरा कोट्याइछिनः “हैन हजुरले वादी प्रतिवादी दुबैलाई “तपाईंको कुरा ठीक” भनेर पठाईदिनु भयो । एउटा मुद्धामा वादी प्रतिवादी दुबै त ठीक नहोलान् नि !”न्यायाधीशले श्रीमतिलाई उही उत्तर दोहोर्याएः “तिम्रो कुरा ठीक !”

हो, जनयुद्धलाई हेर्ने मामिलामा नेकपा एकताको हनिमुन अवधिमा समेत यस्तै अवस्था थियो । तत्कालीन माओवादीले आफूले विगतमा कमाएर ल्याएको नेकपाको यो ‘सम्पत्ति’ लाई पूरापूर सदुपयोग गर्न खोज्यो भने तत्कालीन एमाले पक्षले त्यो मान्न तयार देखिएन । पूर्वीय महान द्रष्टा चाणक्यले विगत, वर्तमान र भविष्यबारे कालजयी धारणा व्यक्त गरेका छन् ।

उनी भन्छन्ः
“गते शोक नकर्तव्यं भविष्य नैव चिन्तयत् ।
वर्तमानेन कालेन प्रवर्तन्ते विचक्षणा ।।”

नेकपाभित्र जनयुद्धलाई हेर्ने दृष्टिकोणमा एकरुपता ल्याउन द्वन्दवादको प्रयोग नगरी सुखै छैन । कोही नेता कार्यकर्ताले जनयुद्धलाई महान भने भीरबाट खस्ने र अरु कोहीले विरोध गरे पहिरोमा फस्ने परिस्थितिबाट मुक्त पार्नु आवश्यक छ ।

जनयुद्ध नेपालको कम्युनिष्ट आन्दोलनको विगत हो, वर्तमान होईन । यो जनताले विर्सन चाहेको विषय हो । विगतले वर्तमानलाई अनावश्यक प्रभाव पारिरह्यो भने भविष्यको यात्रा नराम्ररी प्रभावित हुन्छ ।

असम्भवझैं लाग्ने कैयौं वैचारिक, सैद्धान्तिक र सांगठानिक भिन्नतामा डोजर चलाएर एकतामा सामेल भएको सत्तारुढ नेकपा र अहिलेको दाहाल-नेपाल समूहमा पनि ’जनयुद्ध’ बारेमा एक मत हुन सक्ने संभावना छैन ।

कम्युनिष्टलाई अरुसंग फरक बनाउने धेरै विषय छन् । ती मध्ये सबभन्दा प्रमुख हो ( तिनीहरु द्वन्दवादी हुन्छन् । उनीहरु हरेक वस्तु, घटना र प्रक्रियालाई विभिन्न कोणबाट विश्लेषण गर्छन् । सकारात्मक र नकारात्मक पक्ष केलाउछन् र निक्र्योल गर्छन् ।

नेकपाभित्र जनयुद्धलाई हेर्ने दृष्टिकोणमा एकरुपता ल्याउन द्वन्दवादको प्रयोग नगरी सुखै छैन । कोही नेता कार्यकर्ताले जनयुद्धलाई महान भने भीरबाट खस्ने र अरु कोहीले विरोध गरे पहिरोमा फस्ने परिस्थितिबाट मुक्त पार्नु आवश्यक छ ।

नेकपा सैद्धान्तिक, वैचारिक, सांगठानिक र व्यवहारिक संक्रमणबाट गुज्रिरहेको छ । यस्तो अवस्थामा फरक पार्टी हुँदाका कैयन् अभ्यासहरु स्वतःनिलम्वित हुनेछन् । अवश्यमेव जनयुद्धसंग जोडिएका बुझाई र व्यवहार त्यही कोटीमा पर्दछन् ।

झापा सशस्त्र विद्रोहका प्रमुख नायक प्रधानमन्त्री र नेकपाको अध्यक्ष भएको तथा १० बर्षे जनयुद्धका प्रमुख नायक नेकपाका अर्का अध्यक्ष भएको वेला विगतका बर्षमा नेकपाले फागुन १ गतेलाई जनआन्दोलन र जनयुद्धका सहिदप्रति श्रद्धान्जली कार्यक्रम गर्ने जुन निर्णय गर्यो, यो उचित, समन्वयकारी र संक्रमणकालीन निर्णय थियो ।

निःसन्देह, यो कार्यक्रममा विगतका कुनै विद्रोह वा जनयुद्धको विगतमा गरिनेजस्तो जयजयकार गरिने छैन, बरु सामन्तवादको उच्छेद गर्ने शान्तिपूर्ण र सशस्त्र विद्रोहमा साहदात प्राप्त गर्ने पार्टीका सहिदको स्मरण हुनेछ, श्रद्धान्जली हुनेछ ।

अहिले नेकपामा परिवेश बदलिएको छ । पद प्राप्तिको लडाईंमा असफल भएपछि नेकपाबाट बाहिरिएका प्रचण्डसंगै वरिष्ठ नेता माधव नेपाललगायत केही तत्कालीन एमालेका नेताहरु पनि प्रधानमन्त्रीविरुद्ध गुटगत गतिविधि गरिरहेका छन् । फरक पार्टीको अभ्यास गरिरहेका छन् ।

जनयुद्धको सिलसिलामा क्रुरतापूर्वक हत्या गरिएका सुरेश वाग्लेलाई मात्र होईन, यदु गौतम र चक्र डगोरा चौधरीलाई पनि नेकपाले उत्तिकै सम्मानका साथ स्मरण गर्ने यो निर्णयको आशय थियो । यो तत्कालीन माओवादीले बसालेको परम्परामा आएको क्रमभङ्गता थियो ।

तर पार्टी एकता भईसक्दा पनि माओवादी विचारको अवसान भईसक्दा पनि तत्कालीन माओवादी पक्षले ’जनयुद्ध दिवश’लाई पुरानै भावभङ्गीमा नेकपाले मनाओस् भन्ने जिरह गरिरह्यो ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्षसहित तत्कालीन एमालेका नेताहरूले पेरिसडाँडामा प्रचण्डसंगै उभिएर जनयुद्धको जयजयकार गर्नेछन् भन्ने अपेक्षा राखियो तर ओलीलगायत अरु तत्कालीन एमाले नेताले त्यसो गर्न ईन्कार गरिरहे । यो पनि नेकपाको वर्तमान विवादको एक प्रस्थानविन्दु थियो ।

अहिले नेकपामा परिवेश बदलिएको छ । पद प्राप्तिको लडाईंमा असफल भएपछि नेकपाबाट बाहिरिएका प्रचण्डसंगै वरिष्ठ नेता माधव नेपाललगायत केही तत्कालीन एमालेका नेताहरु पनि प्रधानमन्त्रीविरुद्ध गुटगत गतिविधि गरिरहेका छन् । फरक पार्टीको अभ्यास गरिरहेका छन् ।

प्रचण्डको शब्द सापटी लिने हो भने उनीहरू सडकमा नौटङ्की गरिरहेका छन् । पटक-पटक प्रधानमन्त्री भईसकेका प्रचण्ड, माधव र झलनाथले सडकमा लगाएको उडन्ता नारा र देखाएको उरण्ठेउलो पाराले नेपाली समाजमा उनीहरूको मूल्य ह्वात्तै घटेको देख्न अब गाह्रो छैन ।

पात्रो पल्टदैं फेरि फागुन १गते आईपुगेको छ । कुनैबेला ’जनयुद्ध’का कट्टर आलोचक नेता माधव नेपाल अहिले देशभरिबाट काठमाण्डौंमा जम्मा गरिएका माओवादी कार्यकर्ता(तत्कालीन एमाले ओलीको नेतृत्वमा एक ढिक्का छ )माझ क्रान्तिकारी भाषण गर्दैछन् ।

त्यसकारण उनीपनि यस पटक पेरिस डाँडामा प्रचण्डलगायतका माओवादी नेतासंगै उभिएर मुठ्ठी उठाएर जनयुद्धको जयजयकार गर्लान् कि ?

जनयुद्धको ’महानता’को धुँवाधार भाषण गर्लान् कि ? कि जसो जसो प्रचण्ड उसो उसो स्वाहा गर्लान् ? आफ्नो गौरबमय विगत र जनताको बहुदलीय जनवादी मार्गनिर्देशनलाई घृणा गर्दै प्रचणडको कित्तामा लामबद्ध भएपछि उनीसंग यो बाहेक अरु के नै बाँकी रह्यो र !दैनिकनेपालबाट

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय