१७ श्रावन २०७८, आइतवार

एनआरएनए अस्ट्रेलिया को निर्वाचनमा नन्द गुरुङ विजयि भएका छन । उनले ८ हजार ५ सय ८३ मत प्राप्त गरेका छन उनका प्रतिस्पर्धी डा. ज्ञानेन्द्र रेग्मीले ४ हजार ८ सय ७९ मत प्राप्त गरेका छन् ।

महासचिवमा राजुबाबु अधिकारी, सचिवमा सन्ध्या  शाह, कोषाध्यक्षमा अनिल पोखरेल (निर्विरोध) र कोषाध्यक्षमा राजकुमार नगरकोटी विजयी भएका छन् ।

युवा संयोजकमा बबिन मिश्र तथा युवा उपसंयोजकमा चन्द्रप्रसाद तिवारी (निर्विरोध)  भएका छन् भने साथै महिला संयोजकमा मञ्जु खड्का निर्वाचित भएकी छन् ।

आईसिसि  सदस्यहरूमा बुद्धि डल्लाकोटी, परशुराम अधिकारी, प्रज्वल भट्टराई, सूर्य आचार्य, परेशराज घिमिरे, राजेश बुढाथोकी, प्रेमप्रसाद कँडेल र नवीन भण्डारी निर्वाचित भएका छन् ।

राज्य समन्वय समितिमा न्यूसाउथवेल्स राज्यको संयोजकमा देबबहादुर गुरुङ तथा उपसंयोजकमा सुकीर्ति राज्य लक्ष्मी भट्ट, क्यानबेराको संयोजकमा अशोक बस्नेत तथा उपसंयोजकमा विक्रम सुवेदी, नर्दन टेरिटोरीको संयोजकमा विष्णु चापागाई र उपसंयोजकमा सञ्जीव गोर्खाली ढकाल निर्वाचित भएका छन् ।

यसैगरी क्वीन्सल्याण्ड  संयोजकमा विनोदभक्त आचार्य तथा उपसंयोजकमा शम्भु घैसे, दक्षिण अस्ट्रेलियाको राज्य संयोजकमा रेनुका लामा तथा उपसंयोजकमा सञ्जय पुरी विजयी भएका छन् ।

यसैगरी  तास्मेनिया संयोजकमा राकेश शाक्य तथा उपसंयोजकमा जगदीश खड्का, भिक्टोरिया संयोजकमा हरि खड्का (निर्विरोध) तथा उपसंयोजकमा नारायण कटुवाल (निर्विरोध),पश्चिम अस्ट्रेलियाको  संयोजकमा दीपक बस्नेत (निर्विरोध) तथा उपसंयोजकमा सुनील श्रेष्ठ (निर्विरोध)  भएका छन् ।

अस्ट्रेलियाको ६ वटा राज्य र २ वटा टोरिटोरीमा एकैसाथ गरिएको पहिलोपटक अनलाइन भोटिङ  गरिएको थियो । १५ हजार २ सय ९८ मध्ये निर्वाचनमा १४ हजार २ सय १३ मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर