१२ श्रावन २०७८, मंगलवार

अष्ट्रेलियासँगको तेस्रो एकदिवसीय क्रिकेटमा वेष्ट इन्डिज १५२ रनमै अलआउट भएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

ब्रिङटाउनमा पहिले ब्याटिङ गरेको वेष्ट इन्डिज ४१ ओभर ५ बलमा अलआउट हुँदै १५२ रनमा सीमित भएको हो ।

उसका लागि इभान लेविसले सर्वाधिक नटआउट ५५ रन बनाए । त्यसबाहेक अरु ब्याट्सम्यान चल्न सकेनन् ।

वेष्ट इन्डिजलाई सस्तैमा अलआउट गर्न अष्ट्रेलियाका मिचेल स्टार्कले सर्वाधिक ३ विकेट लिए ।

१५३ रनको झिनो लक्ष्य पाएको अष्ट्रेलियाले पनि खराब सुरुवात गरेको छ ।

उसले १८ ओभरको खेल सकिदा ३ विकेट गुमाएर ९२ रन बनाएको छ । तीन खेलको एकदिवसीय श्रृंखला एक-एकको बराबरीमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर