२७ पुस २०७७

प्रबासी नेपाली समाज अस्ट्रेलियाले २९९औं पृथ्वीजयन्ती एबं राष्ट्रिय एकता दिवस धुमधामका साथ मनाइएको छ ।

संगठनका सल्लाकारद्वय डा. रामकृष्ण निरौला र दिपक बिष्टको संयोजनमा अस्ट्रेलियामा रहेका बिभिन्न नेपाली संघ संस्थाको सहयोग तथा सहकार्य र समर्थनमा दिवस मनाईएको हो ।

कार्यक्रममा दिपक बिष्टले यडीले बिगत ३५ बर्ष देखि पृथ्वीजयन्ती एबं राष्ट्रिय एकता दिवस मनाउदै गरिएको जानकारी दिनु भएको थियो ।

यडीलेड राज्यका पृथ्वी जयन्ती समारोहका संयोजक एबं पानस अस्ट्रेलियाका कोषाध्यक्ष कल्याण पन्तले संचालन गर्नु भएको कार्यक्रममा जीत चन्द, प्रकाश रेग्मी, अरुण काफ्ले, नारायण काजी गुरुङ, डा कुश श्रेष्ठ, राजु उपाध्याय लगायतका समाजका व्यक्तिहरुले बोल्नु पृथ्वी नारायण शाहले नेपाल र नेपालीलाई पुरयाउनु भएको योगदानको चर्चा गर्नुभएको थियो ।

यसैगरी सिड्नीमा पानस अस्ट्रेलियाका अध्यक्ष अजय राजबंसीको संयोजकत्वमा भएको कार्यक्रम पनि निकै हर्सोलासका साथ सम्पन्न भएको जानकारी प्राप्त भएको छ ।

कार्यक्रममा एनआरएनका उपाध्यक्ष देब तमु, हिमानी कोष अस्ट्रेलियाकी अध्यक्ष अन्जना बस्नेत कार्की,स्थानीय नेपाली युवा अभियन्ता डिला खरेल, दिपक पौडेल र मदनमणि अधिकारी लगायतका सयौको उपस्थितिमा कार्यक्रम गरिएको थियो ।
न्यु साउथ वेस्ट डब्बोमा पनि ईश्वर गिरीकोे पहलमा पृथ्वी जयन्ती मनाईएको छ ।

त्यस्तै अस्ट्रेलियाको अर्को सहर मेल्बनमा पनि पानस अस्ट्रेलियाका बरिष्ट उपाध्यक्ष ऋषिकेश न्यौपानेको संयोजकत्वमा पृथ्वी जयन्ती मनाईएको थियो ।
कार्यक्रममा नेपाल सरकारका महा वाणिज्यदुत चन्द्र योञ्जन,एनआरएन अस्ट्रेलियाका अध्यक्ष केशब कडेल,एनआरएन अस्ट्रेलियाका पूर्व अध्यक्ष तोनु गोतने, पानस अस्ट्रेलियाका कार्यसमिति सदस्य सुबास चापागाईले पृथ्वी जयन्तीको योगदानमा चर्चा गर्नु भएको थियो ।

यता अस्ट्रेलियाको ब्रिशबेन भने गत तिन दिन देखि लकडाउन कारण अन्तिम समयमा पृथ्वी जयन्ती एबं राष्ट्रिय एकता दिवस समारोह रद्द गर्नु परेको पानस अस्ट्रेलियाका महा सचिब मिलन आचार्यले जानकारी दिनु भयो।

महा(सचिब आचार्यले अनलाइन मार्फत शुभकामना दिनु हुदै ’निषेधको राजनीति नेपालको हितमा नरहेको र पृथ्वी नारायण शाहले जसरी विभिन्न जातजाती एकै मालामा उन्नु भयो त्यसैगरी नेपालमा रहेका सम्पूर्ण राजनैतिक शक्तिलाई एकै व्यवस्थामा समेट्न सकियो भने मात्र नेपालको अहिलेको अस्थिर राजनैतिक अवस्थाको अन्त्य हुने बताउनु भयो ।

साथै पानस अस्ट्रेलियाका समिति सदस्य सचिन पाण्डे, रिकी खनाल, समायोजन उपाध्याले समेत शुभकामना संदेश दिनु भएको थियो।

 

प्रतिक्रिया

सम्बन्धित खवर