२५ श्रावन २०७८, सोमवार

गिरीजा प्रसाद कोईराला फाउन्डेशन(जिपि फाउण्डेसन) अमेरीका च्याप्टरका पदाधिकारीहरु र एनआरएनए अमेरीकाका पदाधिकारी विच भेटघाट तथा छलफल कार्यक्रम भएको छ ।
एनआरएनए अमेरीकाका अध्यक्ष बुद्दी सागर सुवेदी सहित एनआरएनका पदाधिकारीहरु र फाउन्डेशनका पदाधिकारीहरु भेटघाट तथा छलफलमा सहभागि रहेका  थिए ।
छलफलमा फाउन्डेशनका अध्यक्ष सोमनाथ घिमीरेले संस्थाले सामाजिक क्षेत्रका गरिररहेका कार्यहरुको वारेमा जानकारी गराएका थिए भने एनआरएन अध्यक्ष सुवेदीले पनि संस्थाले गरिरहेको र आगामि दिनहरुमा गर्न खोजीरहेका कामहरुको वारेमा जानकारी गराएका थिए ।
दुवै सामाजिक संस्था भएकाले एकले अर्कालाई सहयोग गर्दे नेपाल र नेपालीको हितमा गर्न सकिने सवैकाम गर्न दुवै संस्थाका पदाधिकारीहरु तयार भएको छलफलमा जानकारी गराईएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर