२४ श्रावन २०७८, आइतवार

अमेरिका तथा क्यानाडामा रहेका नेपालीहरुको संस्था एशोसिएसन अफ नेपलिज इन द अमेरिकाज (एएनए)ले गैर आवाशीय नेपाली नागरिकताको कानुन निर्माणमा प्रभावकारी भूमिका निर्वाह गरिदिन प्रधानमन्त्री शेरवहादुर देउवालाई अनुरोध गरेको छ ।

https://amzn.to/4myfPN5

एएनएका अध्यक्ष विजयराज भट्टराईले शनिवार जारी गरेको प्रेस विज्ञप्तिमा नवनियुक्त प्रधानमन्त्री देउवालाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै प्रवासमा रहेका नेपालीहरुलाई पनि संविधानको मर्म अनुरुप गैरआवासीय नागरिकता दिने कानुन वनाइदिन अनुरोध गरिएको छ ।

अध्यक्ष भट्टराईले विज्ञप्तिमा सन् २००४( २००५ मा नै एएनएले ‘एकपटकको नेपाली सधैको नेपाली’ भन्दै नेपाली नागरिकताको निरन्तरताको माग राखेर नेपाल सरकारसंग छलफको शुरुवात गरेको स्मरण गराउंदै उक्त धारणालाई गैरआवासीय नेपाली संघ ९एनआरएन० सहितका संसारभरका नेपाली संघसंस्थाहरुले अगाडि वढाइदिएकोमा खुसी व्यक्त गर्नुभएको छ ।

विज्ञप्तिमा अमेरिकावाट हेर्दा देखिने नेपालको समग्र अवस्थाको विश्लेषण समेत गर्दै एएनएले नेपाल सरकारले सहयोगको आवश्यकता ठानेमा डायस्परामा रहेका नेपालीहरुसंग संयोजन गरी सहयोगका लागि एएनए तयार रहेको उल्लेख छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर