२२ श्रावन २०७८, शुक्रवार

तुईन तर्ने क्रममा महाकाली नदीमा खसेर वेपत्ता भएका दार्चुलाका जयसिं धामीको परिवारलाई सहयोग गर्न अमेरिकामा रकम संकलन शुरु गरिएको छ।
सुदूर पश्चिम समाज मेरिल्याण्डको तर्फवाट अभियान शुरु गरिएको अभियन्ता अर्जुन हमालले वताए।
परिवारका सदस्यहरुलाई सहयोग गर्नु हामीहरुको दायित्व हो त्यसैले गोफण्डमि मार्फत अभियान शुरु गरेका छौ,उनले भने । अभियानमा १० हजार डलरको लक्ष्य राखिएको छ । यो समाचार तयार पार्दासम्म ३९ जनाले १२४८ डलर संकलन गरिसकेका छन ।
धामीको मृत्युको तथ्थसत्य पत्तालगाउन सरकारले समिती गठन गरिसकेको छ । समिती दार्चुला पुगेर विभिन्न ब्यक्तिहरुसंग छलफल र अध्ययन गरिरहेको छ ।

https://amzn.to/4myfPN5

सहयोग गर्न चाहनेले यो लिकंमा क्लिक गरेर गोफण्डमिमा जानुहोस ।

 

प्रतिक्रिया

सम्बन्धित खवर