११ श्रावन २०७८, सोमवार

नेपाल अमेरिका पत्रकार संघ (नेजा) को सातौँ अधिवेशनले विकासराज न्यौपानेलाई अध्यक्षमा निर्वाचित गरेको छ।

https://amzn.to/4myfPN5

आइतबार सम्पन्न निर्वाचनमा न्यौपानेले ३८ मत पाएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी गोकुल ढकालले २२ मत पाउँदा अर्का उम्मेदवार अनुज थापाले २१ मत पाएका थिए ।

उपाध्यक्षमा मच्छेदेवी गुरूङ विजयी भइन्। उनले ६१ मत पाउँदा उनकी निकटतम् प्रतिद्वन्द्वी किसान रेग्मीले २१ मत पाइन्।

यस्तै महासचिवमा सुरज भण्डारी ४१ मत पाएर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी प्रशान (वीर) एलुङ राईले  राईले ३८ मत पाएका थिए ।

यसअघि नै सचिवमा कल्पना घिमिरे, कोषाध्यक्षमा प्रभात भट्टराई, क्षेत्रीय संयोजकमा शिव नेपाल पश्चिम, लीलादेवी ओझा (डिसी मेट्रो), गोकुल श्रेष्ठ (उत्तर पूर्व), सुजन पण्डित (दक्षिण) निर्विरोध चयन भएका  थिए ।

यस्ते सदस्यहरू  अनिल अधिकारी, बाबुराम दाहाल, संगम बानिँया र ज्ञान प्रसाद शर्मा निर्विरोध चयन भएका छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर