७ श्रावन २०७८, बिहिवार

अमेरीकामा वसोवास गर्ने पाल्पालीहरुले पाल्पाली संगमको  गठन गरेका छन ।
संगमको अध्यक्षमा महेश भट्टराई रहेका छन । यसैगरी बरिष्ठ उपाध्यक्षमा धर्म आचार्य,उपाध्यक्षमा डा. सन्दिप पाण्डे, महासचिवमा परशु नेपाल,सचिवमा सागर घिमिरे र कोषाध्यक्षमा जितेन्द्र राणा रहेका छन ।
यसैगरी  सदस्यहरुमा अमृत भट्टराई,लक्ष्मण नेपाल,रश्मि भट्टराई,मिना जिसी,मधु नेपाल , मंजु कार्की र डिल्ली भुसाल रहेका छन्।

जुम मार्फत संगमको गठन गरिएको हो । यसै सल्लाहकारमा डा.रुद्र अर्याल र जगदीश काफ्लेलाई सल्लाहकार राख्ने निर्णय गरेको छ।

संगमका अन्तराष्ट्रिय संयोजक सतीश चापागाईले अमेरिकामा संगमको कमिटि गठन भएको र अरु देशमा पनि यो प्रक्रिया र छलफल चलिरहेको बताए।पाल्पाली संगम अमेरिकाले  कोभिडको बेला पाल्पामा १६ लाख रुपैया बराबरको मेडिकल सामग्री पठाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर