१ श्रावन २०७८, शुक्रवार

अमेरिकाको मेरिल्याण्डमा फुटवल प्रतियोगिता सम्पन्न भएको छ ।

जुलाई १० र ११ मा भएको प्रतियोगितमा आठ समुहले भाग लिएका थिए ।

साथी कप नाम दिईएको प्रतियोगितामा बाल्टिमोर एथलेटिक क्लब बिजयी भएको छ ।

बिजयी समुहले २५ सय अमेरिकी डलर पुरस्कारमडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

यसैगरी एभरेष्ट फुटबल क्लब उपविजेता बनेको छ ।

उपबिजेताले १५ सय अमेरिकी डलर मेडल, प्रमाणपत्र र ट्रफी प्रदान गरिएको थियो ।

खेल अयोजक संस्था साथी बाल्टिमोरका रमेश भट्टले मेरिल्याण्ड राज्य भित्रका नेपालीभाषी युबाहरुलाई खेल माध्यामबाट जोड्ने प्रयासस्वरुप यो प्रतियोगिता आयोजना गरिएको बताए ।

सर्वाधिक गोलको उपाधी सुदीप विश्वकर्माले तिजेका छन उनले ६ गोल गरेका थिए ।

प्रतियोगितालाई घिमिरे होम्स, गैरआवासीय नेपाली संघ, मेरिल्याण्ड च्याप्टर लगायतकाले प्रयोजन गरेको थियो ।
प्रतियोगिताको समापन समारोहमा मेलिल्याण्ड र पेन्सिलभेनियाका लागि नेपाल सरकारका अबैतनिक महावाणिज्यदूत प्रेमराजा महत  एनआरएनका अमेरिकाका बरिष्ठ उपाध्यक्ष कृष्णजीवी पन्थ नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्बेन्द्र खनाल,को सहभागिता रहको थियो ।

यसैगरी मेरिल्याण्ड राज्यका डेलगेटहरु ह्यारी भण्डारी, कार्ल ज्याक्सन, जे जेलिसी, कम्पट्रोलर अफ मेरिल्याण्डका चाल्र्स योङ्ग, समाजसेवीहरु हेम पाठक, प्रेमकुमार श्रेष्ठ, धन गुरुंङ्ग, कुल गुरुंङ्ग, अनुप खनाल, राजु क्षेत्री, एनआरएनए मेरिल्याण्ड च्याप्टरका अध्यक्ष राजु पराजुलीको समेत सहभागिता रहेको थियो ।
आयोजक संस्था साथी बाल्टिमोरका भट्टले साथी कप हरेक बर्ष गर्ने र आउंदो सेप्टेम्बरमा साथी कप क्रिकेट आयोजना गर्ने जानकारी दिएको  छ ।

प्रतिक्रिया

सम्बन्धित खवर