
२३ आषाढ २०७८, बुधवार
संचारकर्मि सतीश चापागाईंको ‘सरकार चाहियो’ बोलको गीत म्युजिक भिडियो सहित सार्वजनिक भएको छ ।
गीतमा संगीतकार तथा गायक शिशिर योगीको शब्द संगीत रहेको छ । गीतको संगीत संयोजन बीबी अनुरागीले र मिक्सिन माष्टरिंग श्याम श्वेत रसालीले गर्नु भएको हो भने प्रिज्मा रेकर्डिङ्गमा गीत रेकर्ड भएको हो। मिलन श्रेष्ठले सम्पादन गर्नुभएको म्युजिक भिडियोको निर्देशन रामजी ज्ञवालीले गर्नुभएको छ ।
भिडियोमा बरिष्ठ कलाकारहरु सुरवीर पण्डित र रश्मी भट्टराईसंगै कलाकार जिवि चिरन लगायतको अभिनय रहेको छ ।
“जनताका जीवनमा हिजो पनि घाउ थिए र आज पनि घाउहरु छन्। सरकारले यी घाउहरुमा मल्हम लगाउनु पर्छ भन्ने मेरो मान्यता हो।” गीतकार सतीश चापागाईंले भन्नुभयो।गीत एक बर्ष अगाडी नै रेकर्ड गरिएको पनि चापागाईंले बताउनु भयो।
गीतकार चापागाईं नेपालमा लामो समय पत्रकारिता गरेर केहि बर्षदेखि अमेरिकामा बस्नुहुन्छ र नेप्लिज डायस्पोरा डटकमका प्रधान सम्पादक हुनुहुन्छ।
हेरौ,सुनौ मनछुने गीत र भिडियो