१९ आषाढ २०७८, शनिवार

अमेरिकाको न्युयोर्कमा रहेका शेर्पा किदुगले जुलाई ४ तारिखको दिन सस्था स्थापनाको २५ औ वर्षको रजत जयान्ती बर्षको शुभारम्भ गरिने भएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

कार्यक्रम किदुगले खरिद गरेको आफनै जग्गा ल्हाप्सु ल्याण्डमा विविध कार्यक्रमको साथ रजत जयान्ती शुरुवात गरिने भएको छ ।

अमेरिका स्वतन्त्रता दिवसको दिन हुने शुरुवातसंगै किदुगले यो वर्षभरिनै मनाउने भएको जनाएको छ ।

‘ न्युयोर्कको पुरानो र गौरवशाली सस्था शेर्पा किदुगको रजत जयान्ती शुभारम्भ गर्न हामी निकै उत्साहीत भइरहेका छौ’ शेर्पा किदुगका अध्यक्ष छिरिङ शेर्पाले  भने-‘ प्रवासमा हामीले नेपाली अमेरिकनको परिचय दिलाउने यो मुख्य अवसरको रुपमा हामीले ठानेका छौ’ ।

फराकिलो क्षेत्रमा फैलिएको किदुगको ल्हाप्सु ल्याण्डमा विहानीपख धर्मगुरुहरुको धार्मिक पुजापाठपछि अतिथिहरुको स्वागतसंगै विश्व शान्ति र राष्ट्रपतिको कार्यालयबाट दिएको झण्डा फफराएर दिउसो शेर्पा जातीको भेषभुषा झल्कने सांगितिक कार्यक्रम, लामा गुरुहरुको धार्मिक नृत्य लगायतका विविध कार्यक्रमहरु प्रस्तुत गरिने भएको अध्यक्ष शेर्पाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर