अमेरिका-बिगत डेढ दशकदेखि अमेरिकालाई कर्म थलो बनाएका गायक अशोक अर्यालको गत हप्ता मात्रै  डिजिटल बजार युट्युब

मार्फत बजारमा ल्याएको मौलिक नेपाली लोकदोहोरी गीत ‘चिनो रुमाल ‘ ले दर्शक श्रोताको मन जितेको छ।  गीत रिलिज भएको १ हप्ता

नबित्दै झन्डै २ लाख दर्शकले उक्त गीत हेरेका छन्।  ४ हजार भन्दा धेरै दर्शक ले युट्युबमा उक्त गीतलाई लाईक र एकदमै राम्रो

प्रतिक्रिया दिएका छन्। गायक अर्यालले आफ्नै युट्युब च्यानल अशोका ईन्टरटेनमेन्ट मार्फत उक्त गीत बजारमा ल्याएका हुन्।

बिदेशमा रहेर पनि नेपाली गीत संगीतलाई मायाँ गरिरहने गायक अर्यालको यो छैटौं  रेकर्डेड गीत हो।  अमेरिकाका विभिन्न शहरहरुमा

हुने नेपाली कार्यक्रमहरुमा आफ्नो प्रस्तुति दिएर दर्शक श्रोताको मन जित्दै आएका गायक अर्यालको करिब डेढ बर्ष अगाडी आएको

गीत यो जुनीलाई ले पनि दर्शक स्रोताको मन जितेको थियो।  गायक अर्याल पेशाले आई टि ईन्जीनिएर हुन्।

उक्त गीतमा गायक अशोक अर्याल र गायिका समिक्षा अधिकारीको आवाजमा रहेको छ भने  भिडियोमा मायालु जोडि विचको प्रेम प्रसङगलाई  ब्यक्त गरिएको छ । ”चिनो रुमाल” गीतको भिडियोमा प्रकाश सपुत र प्रियाना आचार्य (मुन्नी)को अभिनय रहेको छ । निकै मार्मिक शब्द तथा लय सिर्जना गीतमा छ । सागर खड्काको शब्द तथा राजु अर्यालको लय सिर्जना गीतमा रहेको छ ।

दुर्गा पौडेलको छायाँकन , नविन धर्ति मगरको सम्पादन तथा मौसम हिमालीको कोरियोग्राफी तथा निर्देशनमा भिडियो तयार गरिएको छ।

”चिनो रुमाल” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

प्रतिक्रिया

सम्बन्धित खवर