४ माघ २०७७, आइतवार

अमेरिका बस्दैआएका डम्बर विश्वले दमक २ स्थित हाम्रो बालआश्रमलाई आज ११ हजार मूल्य बराबरको विभिन्न सरसामाग्रीहरु दिएका छन् ।दमकको वेलडागी भुटानी शरणार्थी शिविरबाट अमेरिका पूर्नावास भएका विश्वले आफनो जन्मदिनलाई फरक किसिमले मनाउदै आश्रमलाई चाहिने उपभोग्य समानहरु दिएका हुन् ।

https://amzn.to/4myfPN5

आश्रम पुगेर सामाजिक अभियानकर्मी काजी राउत र पदम अधिकारीले हस्तान्तरण गरेका हुन् । राउतका अनुसार दातामार्फत उपलव्ध सहयोग रकमबाट आश्रममा चाहिने स्वास्थ्य सरसफाईसहित भान्सामा चाहिने दैनिक उपभोग्य सामग्रीहरु खरिद गरि प्रदान गरिएको थियो ।
विश्वले अघिल्लो सालको जन्मदिनमा पनि दमक ४ मा रहेको रत्न जेष्ठ नागरिक बृद्धआश्रमका वृद्धबुद्धाहरुलाई न्यानो कपडा, खाद्यान्न तथा फलफूल वितरण गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर