
१० श्रावन २०७८, आइतवार
तनहुँको बन्दीपुर गाउँपालिका कार्यालयले दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध रही दूध बिक्री गर्दै आएका किसानलाई प्रतिलिटर १ रुपैयाँका दरले अनुदान प्रदान गरेको छ ।
दुग्धजन्य पदार्थमा आत्मनिर्भर गराउने उद्देश्यले गाउँपालिकाले किसानलाई प्रतिलिटर दूधमा १ अनुदान दिने व्यवस्था गरेको हो ।
सहकारीमा आबद्ध ६१ किसानलाई प्रतिलिटर १ रुपैयाँका दरले अनुदान दिँदा कूल १ लाख ६२ हजार वितरण गरिएको वडाध्यक्ष पोख्रेलले जानकारी दिए ।
उनका अनुसार सहकारीले दैनिक करीब ७०० लिटर दूध उत्पादन गरी बिक्री गर्दै आएको छ । जति उत्पादन गर्यो, त्यति फाइदा हुने भएपछि किसान उत्साहित भएर उत्पादन वृद्धिमा लाग्ने गरेको उनले बताए । गाउँपालिकाको वडा नम्बर ५ स्थित याम्पाफाँट दुग्ध उत्पादक सहकारी संस्थाले दैनिक ४ हजार लिटर दूध उत्पादन गर्दै आएको छ ।
सहकारीमा आबद्ध किसानलाई १ रुपैयाँका दरले १०० किसानलाई अनुदान दिँदा ९ लाख ५२ हजार वितरण हुने गाउँपालिकाका पशु शाखाका प्रमुख मधुविलास न्यौपानेले जानकारी दिए ।रासस