
७ श्रावन २०७८, बिहिवार
लमजुङको राइनास नगरपालिका–४ सातबिसेमा रहेको सौभाग्योदय नमुना माध्यमिक विद्यालयका विद्यार्थीले धानखेती गरेका छन् ।
कृषि प्राविधिक शिक्षाअन्तर्गत कृषिबाली विज्ञान विषयमा अध्ययन गर्ने कक्षा ९ र १० का विद्यार्थी र शिक्षक कर्मचारी गरी ८५ जनाले विद्यालयको पाँच रोपनी जमिनमा सामूहिक धानखेती गरेका हुन् ।
कृषि विषय अध्ययन गरिरहेका विद्यार्थीलाई पढाइसँगै व्यावहारिक शिक्षामा पनि दक्ष बनाउने उद्देश्यले यसै वर्षबाट धानखेती गर्न लगाइएको विद्यालयका प्रधानाध्यापक दिनानाथ त्रिपाठीले बताए ।
विद्यार्थीले धानखेतीसँगै तरकारीखेती च्याउ उत्पादन सगै माछा पालन समेत गरेका छन ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष स्वतन्त्र हमालका अनुसार अनुसार कृषिज्ञान केन्द्रको पाँच लाख सहयोगमा कृषि ल्याब र विद्यालय परिसरमा तरकारी खेतीका तीनवटा टनेल निर्माण गरिएको छ ।