३१ आषाढ २०७८, बिहिवार

गण्डकी प्रदेश सरकारले स्याउको खेती गर्ने किसानलाई इटालियन स्याउका बिरुवा वितरण गरेको छ ।

https://amzn.to/4myfPN5

प्रदेश सरकारको भूमि व्यवस्था कृषि सहकारी तथा गरिबी निवारण मन्त्रालयले बुधबार मुस्ताङका किसानलाई २ करोड ५० लाख मूल्यबराबरको २६ हजार ३ सय ७८ थान उच्चघनत्वको स्याउका बिरुवा वितरण गरेको हो ।
भूमि व्यवस्था कृषि सहकारी तथा गरिबी निवारण मन्त्रालयका बागवानी विकास अधिकृत अर्जुनदेव ज्ञवाली,इन्टिग्रेटर सप्लायर्सका प्रतिनिधि सिकेन्द्र शाह बानियाँलगायतको टोलीले स्याउ किसानलाई बिरुवा हस्तान्तरण गरेका छन् ।

इटालीबाट आयात गरिएको स्याउको बिरुवा मुस्ताङसम्म आइपुग्दा प्रतिबिरुवा ९ सय ५९ रुपैयाँमूल्य परेको ज्ञवालीले जानकारी दिए ।

मुस्ताङमा गत वर्ष सात हजार मेट्रिकटन स्याउ उत्पादन भएको थियो । यो स्याउ बिक्री हुँदा ७० करोड रुपैयाँ मुस्ताङमा भित्रिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर