३० आषाढ २०७८, बुधवार

दैलेखको ठाटीकाँध गाउँपालिकाले किसानलाई ५० वटा मुर्रा जातका भैँसी वितरण गरेको छ । पालिकाले ६ वटै वडामा ५० वटा मुर्रा जातका भैँसी वितरण गरेको हो ।

जिल्ला पशु अस्पताल, जिल्ला पशु सेवा कार्यालय दैलेखको २० र गाउँपालिका र प्रदेशको २५र२५ लाख साझेदारीमा ५० वटा मुर्रा जातको भैँसी वितरण गरिएको पशुपक्षी सेवा शाखा ठाटीकाँधका प्रमुख थीरबहादुर खड्काले बताए ।

यसैगरी गाउँ पालिकाले ६ वटा वडामा २५२ बाख्रा बोका वितरण गरेको छ । ससर्त अनुदानअन्तर्गत १० लाख रुपैयाँ रकमले प्रतिवटा १० हजारका दरले खरिद गरी ५० प्रतिशत किसानको र ५० प्रतिशत गाउँपालिकाको साझेदारीमा २५२ बाख्रा वितरण गरिएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर