२० आषाढ २०७८, आइतवार

बंगलादेशबाट ४५ हजार मेट्रिक टन युरिया मल नेपाल आइपुगेको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

५० हजार मेट्रिक मल ल्याउने सम्झौता अनुसार अहिलेसम्म ४५ हजार मेट्रिक टन भित्रिएको कृषि सामग्री कम्पनी लिमिटेडले जानकारी दिएको छ ।
बंगलादेशले नेपाल सरकारलाई ५० हजार मेट्रिकटन युरिया मल उपलब्ध गराउने सम्झौता भएको थियो ।

त्यसमध्ये बाँकी रहेको पाँच हजार मेट्रिक टन युरिया मल आउने क्रममा रहेको कम्पनीका प्रवक्ता विष्णुप्रसाद घिमिरेले जानकारी दिए ।

गत पुस २ गते नेपालले बंगलादेश केमिकल इन्डस्ट्रिज कर्पोरेसनसँग जीटुजीमार्फत ५० हजार टन मल ल्याउने सम्झौता गरेको थियो ।

नेपालले बंगलादेशसँग प्रतिटन २५९.१९५ अमेरिकी डलरमा उक्त परिमाणको मल खरिदको सम्झौता गरेको थियो ।
सरकाले आगामी वर्षका लागि बजेटमा १२ अर्ब रुपैयाँ विनियोजन गरेर करिब ६ लाख टन रासायनिक मल खरिद गर्ने लक्ष्य राखेको छ ।अघिल्लो वर्षसम्म मलको अभाव खेपिरहेका किसान यो वर्ष समयमै मल पाउँदा खुशी भएका छन् ।

केही दिनयता मनसुन सक्रिय भई पानी परेकाले हालसम्म ३० प्रतिशत रोपाईं सम्पन्न भएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जानकारी दिएको छ ।
यसैबीच, छिमेकी मुलुक भारतसँग जिटुजीमार्फत मल आयात गर्नका लागि सम्झौता भएको छ । एक लाखदेखि २ लाख मेट्रिक मल ल्याउने गरी सम्झौता भएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर