२६ फागुन २०७७

सरकारले बंगलादेशसँग खरिद गरेको युरिया मल मंगलबार नेपाल आइपुगेको छ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

सम्झौता भएको ५० हजार मेट्रिक टनमध्ये मंगलबार २ हजार ५ सय मेट्रिक टन वीरगन्ज नाका हुँदै भित्रएको हो।

वीरगन्जस्थित सिर्सिया सुख्खा बन्दरगाहमा एक रेलवे र्‍याक युरिया मल आइपुगेको वीरगन्जस्थित कृषि सामग्री कम्पनीको प्रदेशस्तरीय कार्यालयका प्रमुख गोरखनाथ केसीले बताउनु भयो।

एक रेलवे र्‍याकले २ हजार ५ सय मेट्रिक टन मल बोक्ने गर्छ। बंगलादेशले अनुदान र सापटीमा मल नदिने भएपछि गभर्मेन्ट टु गभर्मेन्ट (जीटुजी) प्रक्रियाबाट सरकारले खरिद गरेको हो।

पहिलो लटमा २२ हजार ५ सय मेट्रिक टन मल भारतको कोलकत्ता बन्दरगाह हुँदै नेपाल ल्याउने भनिएको छ। पहिलो लटमध्येको २ हजार ५ सय मेट्रिक टन कोलकाता बन्दरगाहबाट भारतीय रेलमार्ग हुदै मंगलबार वीरगन्जस्थित सुख्खा बन्दरगाहमा आइपुगेको केसीले बताए।

पहिलो लटकै ५ हजार ६ सय २५ मेट्रिक टन भने कोलकाता बन्दरगाहबाट सोझै ट्रकमा विराटनगर लगिनेछ। बाँकी ९ हजार मेट्रिक टन वीरगन्जको सीमावर्ती सहर रक्सौलस्थित रेलवे स्टेसनमा आउने क्रममै रहेको केसीले बताउनु भयो।

उक्त मल रक्सौलबाट ट्रकमा ढुवानी गरी वीरगन्जस्थित कृषि सामग्री कम्पनीको गोदाममा ल्याइनेछ। यो समाचार आजको अन्नपुर्ण पोष्ट् बाट लिएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर