१७ माघ २०७७, शनिवार

नेपालमा बर्डफ्लु संक्रमण पुष्टि भएसँगै सरकारले भारतबाट कुखुराजन्य वस्तुको आयातमा प्रतिबन्ध लगाएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

संक्रमण फैलन सक्ने जोखिमलाई ध्यानमा राख्दै मुलुकभित्र निगरानी उच्च अवस्थामा राखिएको समेत विज्ञप्तीमा उल्लेख छ ।

रोग देखिएको क्षेत्रमा रहेका सम्पूर्ण घरपालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य वस्तु समेत नष्ट गरिएको छ ।

१८६५ वटा हाँस, ६२२ बट्टाइ, ३२ कुखुरा, २५ टर्की, ५४२ अण्डा र ७५ किलो दाना नष्ट गरिएको छ ।

रोग देखापरेको क्षेत्रलाई समेत निसंक्रमण तुल्याइएको जनाइएको छ ।

रोग नियन्त्रणमा सघाउन विभागले पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपोसार गर्दा स्वास्थ्य परिक्षण गर्न, फार्म परिसरमा जैविक सुरक्षाका विधि अवलम्वन गर्न, व्यक्तिगत सरसफाइमा ध्यान दिन समेत आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर