१३ पौष २०७७, सोमवार

सिन्धुली प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले शनिबार दुधौली नगरपालिकाको विभिन्न वडामा किसानको खेतबारीमा पुगेर तरकारी खेती तथा अन्य आयमुलक गतिविधिको निरिक्षण गर्नु भएको छ ।

सहकार्य नेपाल सिन्धुलीले दुधौली नगरपालिकाको विभिन्न वडामा सञ्चालन गरेको विभिन्न परियोजनाको सरोकारवाला निकायबाट स्थलगत संयुक्त अनुगमन गर्ने क्रममा प्रजिअ पाण्डेले खेतबारीमा नै पुगेर किसानले गरेको तरकारी खेती नियाल्नु भएको हो ।

दुधौली नगरपालिका–५ डुडाहामा किसानले गरेको तरकारी खेती निरिक्षण गर्दै प्रजिअ पाण्डेले परियोजनाले सञ्चालन गरेका उद्यमशिलता गतिविधि उत्साहजनक पाईएको बताउनुभयो ।

अ नुगमन टोलीमा संलग्न जिल्ला समन्य समिति प्रमुख शंकरराज बर्मा तिबारीले किसानलाई थोरै क्षेत्रफलमा भन्दा पनि बढी क्षेत्रफलमा तरकारी खेती गर्न सुझाब दिनुभयो ।

डुडाहा निवासी किसान बिमला पोख्रेलले कोभिड १९ बाट प्रभावित घर परिवारलाई सामाजिक तथा आर्थिक पुनर्लाभ परियोजना अन्तर्गत चार जना मिलेर एक बिघा जमिनमा काउली, बोडी, भाण्टा, मुला, टमाटर, ब्रोकाउली, प्याज खेती गरेको बताउनुभयो ।

त्यस्तै दुधौली नगरपालिका–११ पत्रिङा निवासी फुलकुमारी अधिकारीले १५ कठ्ठा जमिनमा गरेको तरकारी खेतीबाट एक बर्षमा एक लाख ८० हजार रुपिया फाईदा लिएको सुनाउनुभयो । उहाँले भन्नुभयो, “एक लाख रुपियाको काँक्रा बेचे, ८० हजार जतिको काउली बिक्री गरे । गाँउघरमा र दुधौली बजारमा तरकारी पुर्‍ याई उक्त आम्दानी लिएको हुँ ।”

प्रतिक्रिया

सम्बन्धित खवर