११ पौष २०७७, शनिवार

हेपिएको अन्नबालीमा पर्ने कोदो खेतीबाट कृषकले मनग्ये आम्दानी लिन थालेका छन् ।

सिन्धुली जिल्लाको गोलन्जोर गाउ“पालिका–४ तीनकन्याका कृषकहरुले कोदो खेतीबाट आम्दानी लिएका हुन् । तीनकन्यामा खालीपाखामा र जुनार, सुन्तलाको बगैंचा भित्र समेत कृषकले कोदो खेती गर्न थालेका छन् ।

जुनारको बगैंचा भित्रको खाली जग्गामा मज्जाले खेती गर्न सकिने  भनाइ छ । धेरै जुनार लगाउनेले कोदो खेती नगरे पनि सानो बगैंचा हुनेका लागि अपरिहार्य जस्तै छ । रानीखोलाका कृषक दिलबहादुर गुरुङका अनुसार धानस“ग साट्न नमान्ने कोदोको भाउले कृषकहरुमा उत्साह भरिएको छ । उहाँ भन्नुहुन्छ, “धान भन्दा कोदो म ह गो पर्छ, सिजनमा एकसय २० रुपैया पाथीको विक्री हुन्छ, जबकी धानको मूल्य सय पनि पुग्न सकेको छैन् ।”

तीनकन्या बाहेक जिल्लाका रतनचुरा, वाशेश्व, भुवनेश्वरी, बितिजोर, डुडभन्ज्याङ लगायतका ठाँउमा समेत कोदो खेती हुने गरेको छ । एक रोपनीमा सरदर चारमुरी कोदो उत्पादन हुने गरेको छ । मिहिनेत गरेमा तीनदेखि चार मुरी कोदो प्रति रोपनी उव्जाउ गर्न सकिने स्थानीय शिक्षक लेखबहादुर बस्नेतले बताउनुभयो । यातायातका साधन गाउ गाउ मा पुगेपछि कोदो खेतीप्रति कृषकमा आकर्षण बढेको हो ।

कृषकहरुका अनुसार ग्रामीण क्षेत्रमा उत्पादन हुने कोदोको मुख्य बजार भनेको जिल्ला सदरमुकाम सिन्धुलीमाढी रहेको छ । घ रेलु म दि रा उत्पादन गर्ने व्यक्तिले ठूलो प रिमाणमा कोदो किनेर ल्याउने गरेका छन् ।

दुई वटा नगरपालिका र सात वटा गाँउपालिका गरि नौ वटा स्थानीय तह रहेको सिन्धुली जिल्लामा गत आर्थिक बर्ष ०७५/०७६ मा ११ हजार ९०९ हेक्टरमा कोदो खेती गरिएको थियो । जसबाट नौ हजार ५१२ मेट्रिक्टन कोदो उत्पादन भएको थियो । यो बर्षपनि कोदो रोप्ने सिजन सुरु भएको कृषि ज्ञान केन्द्र सिन्धुलीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर