
काठमाडौं, २७ मंसिर । मुलुकभर राजसंस्थाको पक्षमा प्रदर्शन भइरहेको बेला शनिबार ललितपुरमा पनि गणतन्त्रको बिरोध गर्दै राजतन्त्रको पक्षमा र्याली निकालिएको हो ।
र्याली ललितपुरको विभिन्न स्थानमा पुगेको थियो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सबाट सुरु भएको र्याली कुपण्डोल, सानेपा, लगनखेल हुँदै जावालाखेल पुगेर टुग्गीएको थियो ।
र्यालीमा सहभागीहरुले राजा चाहियो , गणतन्त्र मुर्दावाद, राजसंस्था जिन्दवाद भन्दै नारा लगाएका थिए ।