२७ मङ्सिर २०७७
जर्मनी र रूसमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या बढेको छ।
जर्मनीमा एकैदिन संक्रमणका कारण ५ सय ८५ जनाको मृत्यु भएको छ भने २९ हजार ८ सय ७५ नयाँ संक्रमित फेला परेका छन्।
महामारी सुरू भएयता जर्मनीमा यति धेरै संख्यामा मृत्यु र संक्रमण बढेको हो। बढ्दो ग्राफलाई ध्यानमा राख्दै क्रिसमस अगाडि नै लकडाउन सुरू गर्नुपर्ने माग बढेको छ।