२७ मङ्सिर २०७७
बैतडी- बैतडीमा जडान भएको भेन्टिलेटरसहितको दुई शैय्याको आइसीयू कक्ष सञ्चालनमा समस्या भएको छ ।
जनशक्ति अभावमा भेन्टिलेटरसहितको आइसीयू कक्ष सञ्चालनमा समस्या भएको हो । आइसीयू कक्ष स्थापना गरिएको भए पनि दक्ष जनशक्तिको अभावमा सञ्चालनमा आउन नसकेको जिल्ला अस्पताल बैतडीका प्रमुख डा.वसन्तराज जोशीले जानकारी दिए ।
आइसीयू सञ्चालनमा नआउँदा जटिल खालका कोरोनाका बिरामी जिल्ला बाहिर जान बाध्य भएका छन् । बैतडीमा हालसम्म ५८५ जनामा कोरोना सङ्क्रमण पुष्टि हुँदा एक जनाको मृत्यु भइसकेको छ