२६ मङ्सिर २०७७
मलेसिया सरकारले अबैधानिक   आप्रवासी कामदारहरुलाई पुनः स्वदेश फर्किने मौका दिएको छ।

मलेसिया स्थित नेपाली दूतावासको द्धितिय सचिव प्रतिक कार्कीकाा अनुसार  मलेसिया सरकारले दुई वटा अवसर दियकाे छ पहिलो अवसर ” मलेसियामै वैधानिक रुपले काम गर्न पाउने प्रक्रिया” र दोश्रो अवसर “सहुलियत दरको जरिवाना तिरेर मुलुक फर्किने” ।

मलेसियामा कार्यरत नेपाली अबैधानिक (इलिगल) नेपाली कामदारहरुको सहयोगको लागि दूतावासको अफिसियल फेसबुक पेजमार्फत द्धितिय सचिव कार्कीले सन्देश दिदै भनेका छन  मलेसिया सरकारले दिएको समय सिमा अहिलेदेखि आउदो बर्ष २०२१ को जुन महिना ३० तारिखभित्र स्वदेश फर्किन वा अबैधानिक हैसियतबाट बैधानिक बनेर मलेसियामै काम गर्न वातावरण मिलाउन नेपालीहरुलाई  छ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

सहुलियत दरको जरिवाना तिरी स्वदेश फर्किने नेपाली कामदारहरुले मलेसियाको अध्यागमन बिभाग (इमिग्रेशन) को कार्यालयमा गैइ आरएम ५ सय रिंगेट तिरेर चेक आउट मेमो लिनु पर्ने  छ।

यसका लागि राहदानी वा नेपाली दूतावासले जारी गर्ने यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) र नेपाल फर्किने हवाई टिकट हुनु पर्नेछ । यस कार्यक्रम अन्तर्गत नेपाल फर्कनको लागि मलेसियाली अध्यागमन बिभाग (ईमिग्रेशन) बाट चेक आउट मेमो लिनु पर्नेछ।

सोको लागि अध्यागमन बिभागले बनाएको अनलाइन प्रणाली मार्फत सेवा लिन अग्रिम अनुमति (appointment) लिनुपर्नेछ। अनलाइन अपोईन्मेन्टबाट यी सम्पूर्ण कामहरु सजिलै गर्न सकिने दूतावासले जनाएको छ।

साथै यात्रा अनुमतिपत्र सम्बन्धि र अध्यागमन बिभागको सम्बन्धित सम्पुर्ण प्रक्रिया पूरा भैइसकेपछि नेपाल फर्किनुभन्दा पहिला एयरलाइन्सहरुको नियमअनुसार ७२ घण्टा भित्रको कोरोना भाइरस सम्बन्धि पिसिआर चेकजाँच गराएको रिपोर्ट अनिवार्य साथमा हुनुपर्ने अनि बल्ल एयरपोर्ट गएर स्वदेश फर्किन पाउने बताइएको छ।

मलेसिया सरकारले यसघि सन् २०१९ मा पनि अबैधानिक कामदारहरुलाई स्वदेश फर्किन दिनको लागी सहयोग स्वरुप “ब्याक फर गुड” नामक आममाफी कार्यक्रम ल्याएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर