पाल्पा, २०७७ मङ्सिर २६ गते
२० वर्षीया किशोरीलाई जबरजस्ती करणी  गरेको अभियोगमा रामपुर नगरपालिका-५ बाँझोबारी बस्ने ४५ वर्षीय गंगा बहादुर नेपालीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
गंगाले मादक पदार्थ सेवन गरी ती किशोरीलाई बुधबार राति जबरजस्ती करणी उद्योग गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर