२५ मङ्सिर २०७७

नेपाल शिक्षक महासङ्‍घले मोरङका शिक्षक राजेन्द्रकुमार श्रेष्ठको हत्यामा संलग्न समूहलाई कडा कानुनी कारबाही र दिवङ्‍गत उनलाई सहिद घोषणा गर्न सरकारसँग माग गरेको छ।

https://amzn.to/4myfPN5

महासङ्‍घका अध्यक्ष बाबुराम थापाले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गरी सरकारलाई बुझाएको पत्रमा श्रेष्ठको परिवारको पालनपोषणको जिम्मा लिन पनि आग्रह गरिएको छ।

अध्यक्ष थापाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव खगराज बराललाई भेटेर ज्ञापन पत्र बुझाउँदै हिंसात्मक गतिविधि बन्द गरी त्यस्ता समूहले सरकारसँग आफ्ना कार्यसूचीबारे वार्ता गर्नुपर्ने पनि जनाएको छ ।

यही मङ्सिर २३ गते मोरङको मिक्लाजुङ गाउँपालिका-१ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठलाई नेत्रविक्रम चन्द नेतृत्वको समूहले सुराकीको आरोपमा निर्ममतापूर्वक घाँटी रेटी हत्या गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर