२५ मङ्सिर २०७७

धनगढी,भजनी नगरपालिका-८ भठानटोलका स्थानीयले पथरिया नदीको बेलुवा–जनकपुर घाटमा काठेपुल बनाएका छन्।  उनीहरूले पाँच दिन लगाएर उक्त पुल बनाएका हुन्।

https://amzn.to/4myfPN5

नदीमा वारपार गर्न सहज होस् भनेर गाउँलेले २५ हजार नगद रुपैँया र काठ, बाँस संकलन गरी उक्त काठेपुल बनाएको भलमन्सा सीताराम चौधरीले बताए।

भठानपुरका बासिन्दाले वर्षातमा डुंगाबाट वारपार गर्ने यस ठाउँमा अघिल्लो वर्ष पनि यसरी नै काठेपुल बनाएका थिए।

तर, बर्खामा नदीले यस्तो पुल बगाइदिने हुँदा नयाँ पुल बनाइरहनुपरेको भलमन्सा चौधरीले बताए।

उनका अनुसार पुल नभएपछि भठानटोलबासीले १० रुपैयाँ तिरेर बर्खामा डुंगा तर्थे। यसपटक पुल बनाउने योजना एक महिना अगाडि बनेको उनले बताए।

पुल बनाउने आधा काठ सस्स्वती प्रस्तावित वनदेवी सामुदायिक वनबाट प्राप्त भएको उनले बताए। ‘जम्मा भएको काठ ल्याउन, चिराउन र पुल बनाउन पाँच दिन लाग्यो,’ उनले भने।

पुल बनाउन गाउँका महिला पुरुष र केही केटाकेटी पनि पुगेका थिए। पुल बनेपछि हिउँदमा चिसो पानीबाट जोगिएको उनले बताए।

‘गाउँले आफैंले बनाएको पुल हुनाले शुल्क लिदैनौं,’ उनले भने, ‘केटाकेटी, बिरामी, गर्भवती र अरुलाई पनि सजिलो हुने भयो।’

प्रतिक्रिया

सम्बन्धित खवर