स्याङजा, कालीगण्डकी गाउँपालिका-४ मगर पधेरा बस्ने ६२ वर्षीय रिम बहादुर रानालाई २ थान भरुवा बन्दुक सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनको गोठमा हतियार लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले उनलाई उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो ।
बागलुङ, बरेङ गाउँपालिका-३ रातोभीर सामुदायिक बनबाट वेबारिसे अस्थामा रहेको १ थान एकनाले भरुवा बन्दुक मंगलबार साँझ प्रहरीले बरामद गरेको छ । उक्त वनमा घरेलु हतियार लुकाई राखेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बरेङडाँडा र प्रहरी चौकी बाटकाचौरबाट खटिएको प्रहरीले उक्त हतियार फेला पारी बरामद गरेको हो ।
यसैगरी बागलुङ, गलकोट नगरपालिका-३ लमहीस्थित काप्रेचौर बनबाट वेबारिसे अस्थामा रहेको ४ थान एकनाले भरुवा बन्दुक मंगलबार दिउँसो प्रहरीले बरामद गरेको छ । उक्त वनमा घरेलु हतियार लुकाई राखेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गल्कोटबाट खटिएको प्रहरीले उक्त हतियार फेला पारी बरामद गरेको हो ।
यस सम्बन्धाम स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।









