काठमाडौँ, २३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले आजका लागि सर्वदलीय बैठक बोलाउनुभएको छ । आफ्नै पार्टीभित्र विवाद बढेको, विपक्षीले संसद् अधिवेशन बोलाउन माग गरेको र राजतन्त्रको पक्षमा प्रदर्शन भइरहेका बेला प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउनुभएको हो ।

आज दिउँसो ११ बजे बालुवाटारमा बस्ने सर्वदलीय बैठकमा राजावादीहरुले पछिल्लो समय देशभर गरेका विभिन्न प्रदर्शनबारे चर्चा गरिने भएको छ ।

https://amzn.to/4myfPN5

प्रधानमन्त्रीको सचिवालयले जनाएअनुसार पछिल्ला राजनीतिक घटनाक्रम तथा समसामयिक विषयमा पनि छलफल गर्न सर्वदलीय बैठक बोलाइएको हो ।

बैठक बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको छ । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलहरु सहभागी हुनेछन् । बैठकमा समसामयिक राष्ट्रिय राजनीतिका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सर्वदलीय बैठकमा उठाउने एजेण्डा तय गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले सर्वदलीय बैठकका लागि कांग्रेसका तर्फबाट एजेन्डा तयार गर्न सोमबार शीर्ष नेताहरूको बैठक बोलाउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर