२२ मंसिर २०७७, सोमवार

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४४२ कोरोना संक्रमित थपिएका छन् । मुलुकभर थपिएका १ हजार १४ संक्रमितमध्ये ४४२ जना काठमाडौं उपत्यकामा मात्र भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

मन्त्रालयका अनुसार काठमाडौंमा ३४४, भक्तपुरमा ३१ र ललितपुरमा ६७ जना संक्रमित थपिएका हुन् । नयाँ संक्रमितसँगै हालसम्म काठमाडौं उपत्यका कोरोना संक्रमितको संख्या ९० हजार ७७२ पुगेको छ । जसमध्ये ५ हजार ७४ जना सक्रिय संक्रमित छन् भने ४ सय १४ जना संक्रमितको मृत्यु भएको छ ।

हालसम्म काठमाडौंमा मात्रै ८५ हजार २ सय ८४ जना निको भएका छन् । यसैगरी ललितपुरमा हालसम्म कोरोना संक्रमितको संख्या १३ हजार ९०४ पुगेको छ । जसमध्ये १ सय २४ जनाको मृत्यु भएको छ भने १२ हजार ७ सय ४० जना उपचारपछि निको भएका छन् ।हाल ललितपुरमा १ हजार ४० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । भक्तपुरमा हालसम्म संक्रमितको संख्या ८ हजार २२८ पुगेको छ ।  जसमध्ये ४४४ जना उपचाररत छन् । ९६ जनाको मृत्यु भएको छ भने ७ हजार ६८८ जना उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर