२२ मंसिर २०७७, सोमवार

कोरोना संक्रमणबाट भक्तपुरमा मृत्यु हुनेको संख्या १११ पुगेको छ । ७० पुरुष र ४१ महिला गरी १११ जनाको संक्रमणको कारण मृत्यु भएको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ ।

भक्तपुरका चार नगरपालिकामध्ये सबैभन्दा बढी भक्तपुर नगरपालिकामा २७ पुरुष र १५ महिला गरी ४२ संक्रमितले ज्यान गुमाएका छन् । भक्तपुरपछि मध्यपुर थिमि नगरपालिकामा २४ पुरुष र १२ महिला गरी ३६ जना संक्रमितको मृत्यु भएको छ ।

त्यस्तै सूर्यविनायक नगरपालिकामा १३ महिला र १२ पुरुष गरी २५ जना तथा चाँगुनारायण नगरपालिकाका ७ पुरुष र एक महिला गरी ८ संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ ।

कार्यालयका अनुसार अहिलेसम्म भक्तपुरमा संक्रमितको संख्या ८ हजार ४ सय ९७ जना पुगेको छ । जसमा ४ हजार ७ सय ९६ पुरुष र ३ हजार ७ सय एक महिला रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर