२२ मंसिर २०७७, सोमवार

अर्घाखाँची सिमेण्ट उद्योग प्रालिले रुपन्देहीको सियारी गाउँपालिका वार्ड नं.२ मा स्वास्थ्य केन्द्र निर्माण गर्ने भएको छ । एक करोडको लागतमा मैनहियामा बन्ने उक्त स्वास्थ्य केन्द्रको भवनको सोमबार एक समारोहका बीच कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले शिलान्यास गरेका छन् । शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले कृषिको बिकासको लागि अहिले ३ वर्षको रणनीति तयार भएको बताए ।

निर्माण पश्चात् उक्त भवनमा सियारी गाउँपालिकाले ५ शैंयाको अस्पताल सञ्चालन गर्नेछ । उद्योगले स्थानीय क्षेत्रमा आफ्नो सामाजिक दायित्व अन्तर्गत सो स्वास्थ्य केन्द्र स्थापना गर्न लागेको उद्योगका प्रबन्ध निर्देशक राजेशकुमार अग्रवालले बताए ।

सियारी गाउँपालिकाका अध्यक्ष अयोध्या थारुले उद्योगले स्थानीय स्तरमा विभिन्न सहयोग गर्दै आएको बताउँदै स्वास्थ्य केन्द्र नमुना भएको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर