सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अनेरास्ववियूका बाँके जिल्ला कमिटी सचिवालय सदस्य तथा कोहलपुर नगरपालिका संयोजक लक्ष्मण आचार्य (मानव) माथी आक्रमण गर्ने एक युवा पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको विशेष प्रहरी टोलीले शुक्रबार राती एक युवालाई पक्राउ गरेको हो ।

आक्रमण गरेको आरोपमा पक्राउ पर्नेमा कोहलपुर नगरपालिका २ का विवेक सापकोटा हुन्।

पक्राउ परेका सापकोटाले विद्यार्थी नेतामाथि आक्रमण गरेको बयान दिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । विद्यार्थी नेता मानवमाथि बुधबार राती करिब १० बजेतिर चौराहा नजिकै रहेको कोहलपुर नगरपालिकाको कार्यालय नजिक आक्रमण भएको थियो । घटना लगत्तै कोहलपुर प्रहरी अनुसन्धानमा खटिएको थियो ।

शुक्रबार राती मात्र प्रहरी जवान जितेन्द्रजंग केसीले आक्रमणकारी सापकोटालाई पक्राउ गरेका हुन् । पक्राउ परेका सापकोटा अन्य घटनाहरुमा समेत संग्लन भए नभएको बारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर