
बाँकेमा निजी वन प्रति आकर्षण बढ्दै गएको छ । कम मेहनतमा अन्य खेती भन्दा १०औं गुणा बढी आम्दानी हुने भएपछि निजी वन प्रति आकर्षण बढ्दै गएको हो ।
डिभिजन वन कार्यालयको तथ्यांक अनुसार, बाँकेमा १ सय २४ वटा निजी वन दर्ता भएका छन् । डिभिजन वन कार्यालय बाँकेका डिभिजनल वन अधिकृत राजु क्षेत्रीले दर्ता भएर ७०.९१ हेक्टरमा रुख लगाउने कार्य भएको जानकारी दिएका छन् । ‘यो दर्ता भएर गरिएको निजी वनको तथ्यांक हो’, उनले भने, ‘दर्ता नगरी रुख लगाउने कार्य १० औं गुणाले बढी छ ।’
सरकारले दर्ता नभएको निजी वन धनीले २३ प्रजातिका रुखहरु कटान गर्न अनुमति लिनु नपर्ने र काठ दाउरा ओसारपोसार गर्न छुटपुर्जि लिनु नपर्ने व्यवस्था गरेको छ । जसका कारण छुटपुर्जी चाहिने रुख खेती गर्नेहरुले मात्रै डिभिजन वनमा दर्ता गर्ने गरेका छन् ।
खासगरी बगर तथा खोलानालाको किनारामा रहेका, उब्जनी कम हुने जग्गाहरुमा रुख खेती गरिने गरिएको छ ।