२० मङ्सिर २०७७

एजेन्सी- विश्वकपको एसियाली छनोट खेल अन्तर्गत कतारले बंगलादेशमाथि फराकिलो जित निकालेको छ ।

घरेलु मैदानमा भएको खेलमा कतारले बंगलादेशलाई एकपक्षीयरूपमा हराएको हो । उसले बंगलादेशलाई ५–० गोल अन्तरले हरायो ।

कतारको जिमा अक्रम अफिफ र अलमोज अलीले समान दुई गोल गरे भने अब्दुलाजीज हेटमले एक गोल गरे ।

विश्वकप छनोटको समूह इको दोस्रो चरणमा शीर्ष स्थानको कतारले ६ खेलबाट १६ अंक बटुलेको छ ।

ओमान १२ अंक सहित दोस्रो, अफगानिस्तान ४ अंक सहित तेस्रो, भारत ३ अंक सहित चौथो र बंगलादेश १ अंक सहित पाँचौ स्थानमा छ ।

सन् २०२२ को विश्वकप फुटबलको आयोजना कतारले गर्दैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर