२० मङ्सिर २०७७                                                     अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्यामा दैनिक नयाँ रेकर्ड कायम हुन थालेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ २ लाख २४ हजार २४ जनामा संक्रमण पुष्टि भएको छ । अमेरिकामा एकैदिन थपिएका संक्रमितको यो संख्या अहिलेसम्मकै उच्च हो ।

यसअघि शुक्रबार ९१९ मंसिरमा० २ लाख २० हजार ६४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । करिव २ महिनादेखि दैनिक एक लाखभन्दा बढीमा संक्रमण देखिएको अमेरिकामा पछिल्ला तीन दिन लगातार संक्रमितको संख्या २ लाखभन्दा बढी देखिएको छ ।

पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या १ करोड ४७ लाख ६१ हजार २८७ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ८६ लाख ५८ हजार ६१३ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका ५८ लाख १७ हजार १९३ जनामध्ये २६ हजार १५३ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ । यस्तै कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख ८५ हजार नाघेको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ६४९ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या २ लाख ८५ हजार ४८१ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर