काठमाडौं, १८ मंसिर । अर्थ मन्त्रालयले कोरोना संक्रमितलाई बीमा बापतको रकम ३ दिन भित्रै भुक्तानी दिन बीमा समितिलाई निर्देशन दिएको छ । यसअघि  अर्थ मन्त्रालयले ७ दिनभित्र रकम भुक्तानी दिन निर्देशन दिएको थियो । तर कोरोना संक्रमण पुष्टि भएपछि पनि माग दावी गर्दासमेत बीमा कम्पनीहरले रकम भुक्तानी नगरेको भन्ने गुनासाहरु आएका थिए ।

त्यसपछि बिहीबार अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समोन्वय महाशाखाले एक सूचना नै जारी गरेर कोरोना संक्रमित बिरामीलाई रकम ३ दिनभित्र भुक्तानी गर्न निर्देशन दिएको हो ।

https://amzn.to/4myfPN5

सूचनामा यसअघि ७ दिनभित्र भुक्तानी गर्नु भनिएकोमा न्यून संख्यामा मात्रै रकम भुक्तानी पाएका बिरामीहरु पाइएको र धेरै मात्रामा संक्रमितहरुले रकम नपाएको भन्ने जनगुनासो आएको बताइएको छ ।

अर्थ मन्त्रालय मातहतको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समोन्वय महाशाखाले ४ बुदा प्रस्तुत गर्दै सो अनुसार काम कारवाही गराउन निर्देशन दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर