
संदरभ- प्रचण्ड
अनि- यो हो नेपालको पहिलो राष्ट्रिय गान
“श्रीमान् गम्भीर नेपाली
प्रचण्ड प्रतापी भुपति
श्री ५ सरकार महाराजधिराजको
सदा रहोस् उन्नति
राखुन् चिरायु ईशले
प्रजा फैलियोस्
पुकारौ जय प्रेमले
हामी नेपाली साराले”
के यो गानले स्पस्ट देखौउदैन कि प्रचण्ड राजा र जनता भन्दानी माथि उठ्न खोजेको ? येस्मा प्रस्टै भनिएको छ कि प्रचण्ड प्रतापी भूपति | प्रचण्डले, नेपालीले बर्षौसम्म मन्तर रटेको झैँ रटेको राष्ट्रिय गानको शब्द झीकि र आफ्नु टायीटल राखेर बर्षौ सम्म जनतालाई झुकाएर राख्यो |
जब राजा र सरकार बिरुद्धनै लडाई लडेपछि र तेत्रो नेपालीको रगत बगाएर, त्यो शब्द ( प्रचण्ड) पुष्प कमल दाहालले अझै चलन मा गरेकोमा घृणा लाग्छ |
जब राजा र देश बिरुद्धमा लडेको हो भनी पुरानो राष्ट्रिय गानको शब्द लिई राजा र सरकार बिरुद्ध कसरि लड्न सक्ने ? येस्मा भनिएको छ, प्रचण्ड प्रतापी भूपति |
अर्थ प्रचण्ड, प्रतापी भनेको राजा, प्रथिस्थित व्यक्ति , प्रतापभाको , पराक्रमी , दुख दिनी आदि हो|
तेस्को अर्थ , अर्थ ज्ञानमा पनि खोज्न सक्नु हुन्छ| अनि भूपति भनेको , भुमि पति , भूमिको मालिक , भुपाल आदि |
के प्रचण्डले नेपाल आफ्नो कब्जामा गर्न खोजेको हो ? कुनै राष्ट्रिय गान देशको जनताले जपे पछि त्यो मन्त्र बन्छ र पछि देश को सस्त्र पनि बन्न सक्छ |
बि. श. २०१८ मा सुरुभएको राष्ट्रिय गान २०६४ सालमा बिलय भयो |
झन्डै झन्डै ४४-४५ वर्षा सम्म नेपालीले र नेपाली सन्तति र पुस्ता रटेय्को राष्ट्रिय गानको सब्द प्रचण्ड लिई देशमा अशान्ति मच्चायो |
म यस अर्थमा के भन्न चाहन्छु भनी सनातन धर्मको शब्द लिई माओ को प्रचार गर्नु भयो | तपाईं ले सनातन धर्म, संस्कृत र वेदको धजिया उडाऊनु भो |
यस कारणले तपाईलाई म प्रचण्ड शब्दको टायीटल दिनेवाला छैन्न | तपाई मेरो लागि सिर्फ पुष्प कमल दाहाल हो अरु केही नाम वा टायीटल होईन |
यदि तपाईले आफु लाई प्रचण्ड मान्नु हुन्छ भनी मलाई चाही अग्रगामी ठान्नु, मेरो टायीटल चाही अग्रगामी | म अग्रगामी हो |
र मैले यो टायीटल कहाबाट ल्याहो तपाईं लाई अवस्य थाहा होला, थाहा नभए पछि थाहा हुनेछ |
आयो जनताको सवाल, जनता हिजो पनि श्रीमान् गम्भीर नेपाली नै थिए र आज पनि गम्भीर नेपाली नै छन् …….. जय नेपाल |
तपाईहरुले जे अर्थ लगाउनु हुन्छ, लगाउनु
मेरो जनचेतना गर्ने मात्र काम हो
……….. फेरि जय नेपाल |
- लेखक कल्यान पन्त (पंक्तिपावन)
(Adelaide South Australia)