बैतडी, १४ मंसिर । बैतडीको सिगास गाउँपालिकाकी किशोरी बलत्कार घटनालाई मिलापत्र गरेको आरोपमा वडा अध्यक्ष सहित थप ४ जना पक्राउ परेका छन् ।
यसअघि मनोज सिंह धामी र अमर सिंह धामीलाई प्रहरीले पक्राउ गरेकोमा हिजो वडा अध्यक्ष शेर सिंह सावद सहित ४ जनालाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार किशोरीको जाहेरीको आधारमा वडा अध्यक्ष शेर सिंह सावद, गाउँपालिकामा कार्यरत रोजगार संयोजक राजेन्द्र धामी, शिक्षक नरेन्द्र धामी, स्थानीय गोपाल सिह धामीलई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख, प्रहरी नायव उपरिक्षक नारायण प्रशाद अधिकारीले जानकारी दिनुभयो ।
यसअघि २ जना र आजहिजो ४ जना पक्राउ परेसँगै बलत्कार घटना मिलापत्र गरेको आरोपमा ६ जनालाई प्रहरीले निन्त्रणमा लिएकोछ। प्रहरी श्रोतका अनुसार बलत्कारका आरोपीत सहित २ जना अझै फरार रहेको बताइएको छ ।
गत असाडमा वडा नं ३ का दीपक सिंह धामीले १८ वर्षीय किशोरीलाई बलत्कार गरेको र उक्त घटना गाँउमै १ तोला सून दिने तमसुक बनाएर मिलापत्र गरेको घटना बाहिरिएपछि प्रहरीले अनुसन्धान सुरु गरी रहेको हो ।









