काठमाडौँ, १३ मंसिर । पछिल्लाे समय दक्षिणी एवं उत्तरी छिमेकीबाट कूटनीतिक उच्च तहबाट नेपाल भ्रमणकाे लहर नै चलेकाे छ । भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृगंलाले नेपालकाे दुईदिने भ्रमण सकेर स्वदेश फर्केलगत्तै चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमण तय भएकाे छ ।

चिनियाँ रक्षामन्त्री तथा स्टेट काउन्सिलर वेई फेङही आइतबार (मंसिर १४ गते) नेपाल भ्रमणमा आउने तय भएकाे परराष्ट्र मन्त्रालयले औपचारिक जानकारी दिएकाे छ । तर फेङहीकाे भ्रमणचाहिँ एक दिनका लागि मात्र तय भएकाे जनाइएकाे छ । उनी आइतबार नै फर्कनेछन् ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

एकदिने भ्रमणमा फेङहीले राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री केपी शर्मा ओली र सुरक्षा निकायका प्रमुखसँग भेट्ने कार्यक्रम छ । सुरक्षा निकायमा भने विशेषगरी फेङ्हीले प्रधान सेनापति पूर्णचन्द्र थापालाई भेट्नेछन् ।

नेपालमा पछिल्लाे समय दुवै छिमेकी सुरक्षा एवं कूटनीतिक बढाउनुलाइ महत्वपूर्ण रूपमा हेरिएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर